Wednesday, November 9, 2016

प्रलेसका ६ दशक एक चर्चा

प्रलेसका ६ दशकः सङ्क्षिप्त सिंहावलोकन

चैतन्य

१. पृष्ठभूमि

२००९ सालमा स्थापना गरिएको प्रगतिशील लेखक सङ्घले २०७१ सालमा आउँदा ६ दशक उमेर पार गरिसकेको छ । यो माक्र्सवाद र समाजवादी यथार्थवादको आलोकमा स्वःफूर्त तथा आलोचनात्मक यथार्थवादलाई समेत साथमा लिंदै अनेकौँ आरोह र अवरोहका बीचबाट लामो ऐतिहासिक यात्रा पार गर्न सफल रहेको छ । 
नेपालमा प्रगतिशील तथा प्रगतिवादी धाराको जन्म र विकासका लागि प्रथम तथा द्वितीय विश्वयुद्धको प्रक्रियामा विश्वमा परिघटित विभिन्न ऐतिहासिक घटना प्रक्रिया, रुसी अक्टुबर समाजवादी क्रान्ति, जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनहरू, चीनको नयाँ जनवादी क्रान्ति, भारतमा भएको तेलङ्गाना सशस्त्र सङ्घर्ष तथा ब्रिटिश साम्राज्यवादविरोधी आन्दोलन, माक्र्सवाद–लेनिनवादको प्रभाव, ने.का.लगायत विभिन्न राजनीतिक दलहरूको गठन, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना, राणा शासनको अन्त्य, बहुदलीय व्यवस्थाको आगमन, नेपालमै विकसित सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादविरोधी सङ्घर्ष लगायतका परिघटनाहरूको उल्लेखनीय भूमिका रहेको छ । 
नेपालजस्तो अद्र्घसामन्ती, अद्र्घऔपनिवेशिक तथा नवऔपनिवेशिक मुलुकमा सामन्तवाद तथा साम्राज्यवाद÷विस्तारवादको विरोध र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक संस्कृतिको पक्षमा सङ्घर्षरत रहनु नै प्रगतिशील लेखक सङ्घको उद्देश्य रहेको छ । त्यसप्रकारको उद्देश्य हासिल गर्नका लागि प्रलेसले विचार तथा विश्वदृष्टिकोण, सङ्गठन, सिर्जना र आन्दोलनको क्षेत्रमा क्रियाशील रहने नीति अवलम्बन गर्दै आएको छ । प्रलेस त्यसप्रकारको उद्देश्य र नीतिअनुरूप अगाडि बढ्ने प्रक्रियामा के कति सफलता हासिल गर्न समर्थ रह्यो भन्ने कुराको मूल्याङ्कन गर्नु नै प्रलेसका ६ दशकको सङ्क्षिप्त सिंहावलोकन गर्नुको मूल अभीष्ट हो । यद्यपि यसप्रकारको भूमिकाको समग्र मूल्याङ्कन गर्नु अत्यन्तै जटिल तथा अप्ठेरो विषय हो र त्यो यहाँ सम्भव छैन । तर पनि त्यसबारे यथाशक्य प्रयत्नशील रहनु प्रस्तुत लेखको मूल उद्देश्य रहेको छ । 
२. ऐतिहासिक÷साङ्गठनिक सन्दर्भ
प्रलेसको ऐतिहासिक यात्राको विकास प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ ः

(क) प्रारम्भिक अवधि – (२००९–२०१५) 
२००९ साल असोज ५ गते बिरगंजमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित एउटा भेलाद्वारा श्यामप्रसाद शर्माको अध्यक्षतामा महासचिव रत्नदास वैद्य, कोषाध्यक्ष देवीप्रसाद किसान आदिलाई समितिमा राखी प्रलेसको गठन गरियो । यसको मुखपत्र प्रगति त्यसै अवधिदेखि प्रकाशित हुन थाल्यो र त्यसका केही अङ्कहरू प्रकाशित भएका छन् । यस अवधिमा प्रगतिशील÷प्रगतिवादी साहित्यको विकास हुँदै गयो । 

(ख) पुनर्गठनको अवधि
२१ मंसिर २०१६ मा काठमाडौँमा प्रलेसकै निरन्तरतामा केही नाम बदली प्रगतिशील नेपाल लेखक सङ्घको गठन गरियो । यसको कार्यसमितिलाई म्यादी कार्यसमिति पनि भन्ने गरिएको छ । ताना सर्मा यसका सचिव बनाइएका छन् । अनि २० चैत्र २०१६ मा यस संस्थाको दोस्रो कार्यसमिति निर्वाचित गरियो र त्यसमा धर्मराज थापालाई अध्यक्ष बनाइयो । उनले राजीनामा दिएपश्चात् माघ ७ गने २०१७ मा तेस्रो कार्यसमितिको निर्माण गरियो । यसको अध्यक्षमा कृष्णचन्द्र सिंह प्रधान रहे । कतिपय लेखकहरूका अनुसार २०१८÷२०१९ तिर यो सङ्गठन दर्ता गरिएको थियो । परन्तु, कतिपयले त्यो होइन भनेका छन् । २०१७ साल पौषमा संसदीय व्यवस्थाको विघटन र निरङ्कुशतन्त्रको उदयको जटिल स्थितिमा त्यो सङ्घ सक्रिय रूपमा सञ्चालित हुन सकेन । प्रलेसमा पलायनवादी, आत्मसमर्पणवादी र संशोधनवादी विचलन देखापरे । यो स्वभावतः विघटित हुन पुग्यो । 

(ग) प्रलेसको विघटन र विविध साहित्यिक गतिविधि
निरङ्कुश राजतन्त्र तथा पञ्चायती शासनकालको प्रारम्भिक अवस्था अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले निकै जटिल बन्न गयो । त्यसबेला प्रलेस विघटित भएपनि श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, शक्ति लम्साललगायतका लेखक–कलाकारहरूले यसप्रकारको जटिलतालाई चिर्दै अगाडि बढ्ने काममा महŒवपूर्ण भूमिका निर्वाह गरे । यस प्रक्रियामा देशभित्र र बाहिर खासगरी भारतको वनारसलगायतका ठाउँहरूमा विद्यार्थी, बुद्धिजीवी, लेखक तथा कलाकारहरूद्वारा सम्पन्न विभिन्न पत्रपत्रिकाहरूको प्रकाशन र सांस्कृतिक गतिविधि उल्लेखनीय रहेका छन् । यस सन्दर्भमा माओको साहित्य तथा कलासम्बन्धी येनान वार्ता र आधुनिक संशोधनवादविरोधी सङ्घर्षको प्रभाव पनि विशेष ध्यान दिन योग्य छ । 
यहाँनेर चैतन्यद्वारा रचित –“नेपाली प्रगतिवादी कवितामा क्रान्ति र कलाको सङ्गति” शीर्षक लेखमा उल्लेख गरिएका निम्न भनाइ ध्यान दिन योग्य छन् ः “देशमा विद्यार्थी आन्दोलन तथा अन्य जनसङ्घर्ष, माओको पथ प्रदर्शनमा आधुनिक संशोधनवादविरोधी सङ्घर्ष तथा महान् सर्वहारा सांस्कृतिक क्रान्ति, दक्षिणपन्थी संशोधनवादविरोधी सङ्घर्षजस्ता घटनाबाट ऊर्जा प्राप्त गर्दै प्रगतिवादी साहित्य नयाँ ढङ्गले विकसित हुन थाल्यो । यस सन्दर्भमा मेची अञ्चलस्तरीय साहित्य सम्मेलन (२०२५), गण्डकी अञ्चलस्तरीय साहित्य सम्मलेन (२०२९) र धरान प्रगतिशील लेखक सङ्घको स्थापना तथा त्यसको घोषणापत्र, विधान (२०२९) उल्लेखनीय रहेका छन् । धरान प्रलेसले आफ्नो उद्देश्यमा सामन्तवाद, साम्राज्यवादका साथै संशोधनवाद, सामाजिक साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुराको उल्लेख गरेर अत्यन्तै महŒवपूर्ण भूमिका खेल्यो । यसै क्रममा सम्पन्न पुष्पलाल समूहको तेस्रो सम्मेलन तथा त्यसको पहलमा निर्मित नयाँ जनवादी सांस्कृतिक मोर्चा र त्यसको नयाँ जनवादी सांस्कृतिक दस्तावेज (२०२८), भारतीय नक्सलवारी सशस्त्र सङ्घर्ष तथा झापा विद्रोह (२०२८), नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन (२०३१) तथा त्यसको पहलमा निर्मित अखिल नेपाल जनसांस्कृतिक सङ्घ (२०३७) र अन्य तमाम वामपन्थीहरूद्वारा सम्पन्न सांस्कृतिक गतिविधिका बीचबाट थप ऊर्जा प्राप्त गर्दै प्रगतिवादी कविता सशक्त बन्दै अघि बढ्यो ।” (चैतन्य ः क्रान्ति र सौन्दर्य, पृ.१८३, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ, २०६४) ।” यो कुरा प्रगतिशील तथा प्रगतिवादी साहित्य, संस्कृति तथा कला सबै क्षेत्रमा लागु हुन्छ । 

(घ) प्रलेकको अवधि 
देशमा पञ्चायती शासन व्यवस्थाको विरोधमा जनआन्दोलन विकसित हुँदै गयो । प्रगतिशील तथा प्रगतिवादी साहित्यिक गतिविधि विकसित हुँदै तथा बढ्दै गए । यसै प्रक्रियामा २०३६ मंसिर ७ मा पद्मरत्न तुलाधरको सभापतित्वमा एक सभाको आयोजना गरी प्रगतिशील लेखक कलाकार सङ्घको पुनर्गठन गरियो । पुनर्गठित समितिको नाम राष्ट्रिय सम्मेलन तयारी समिति राखियो र त्यसको संयोजक रघु पन्तलाई बनाइयो । यस प्रक्रियामा एउटा अपिल प्रकाशित गरियो । सम्मेलनका लागि अञ्चल स्तरीय कमिटीहरू गठन गर्ने निर्णय लिइयो । प्रलेक सङ्घको विधान–२०३९ तयार पारियो । प्रगतिशील लेखक÷कलाकारहरूका साङ्गठनिक, साहित्यिक तथा सांस्कृतिक गतिविधि विकसित हुँदै गए । २०३६÷२०३७ को ऐतिहासिक जनआन्दोलनदेखि २०४४ सम्मको अवधि प्रगतिशील तथा प्रगतिवादी साहित्य तथा कलाको विकासका दृष्टिले निकै उर्वर बन्दैगएको पाइन्छ । 

(ङ) प्रलेस ः विभिन्न सम्मेलनहरू – 
प्रलेकबाट प्रलेस बन्न केही समय लाग्यो । प्रलेक सङ्घलाई प्रलेस बनाउने र कलाकारहरूको छुट्टै सङ्गठन निर्माण गर्ने समझदारी बनाइयो । प्रलेसका राष्ट्रिय सम्मेलन तथा मूल नेतृत्वको स्थिति यसप्रकार रहेको छ ः
(अ)  प्रथम राष्ट्रिय सम्मेलन (२०४४) पुष १८ गते काठमाडौँ । अध्यक्ष ः रमेश विकल, उपाध्यक्षः शक्ति लम्साल, महासचिव – मोदनाथ प्रश्रितसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण । 
(आ) द्वितीय राष्ट्रिय सम्मेलन (२०४८ असोज ५) । अध्यक्ष ः श्यामप्रसाद शर्मा, उपाध्यक्षः गंगाप्रसाद उप्रेती, महासचिव ः खगेन्द्र सङ्ग्रौला, सचिव ः राजेन्द्र सुवेदी, कोषाध्यक्षः हरिगोविन्द लुँइटेलसहित केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिको गठन । 
(इ)  तेस्रो राष्ट्रिय सम्मेलन (२०५० पुष १६÷१७) । अध्यक्ष ः श्यामप्रसाद, महासचिवः निनु चापागाईं, उपाध्यक्ष ः रामहरि पौडेल, सचिव ः विष्णु प्रभात, कोषाध्यक्ष ः ताराकान्त पाण्डेयसहितको केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण । 
(ई)  चौथो राष्ट्रिय सम्मेलन (२०५२ फागुन ११÷१२) । अध्यक्ष ः गोविन्द भट्ट, उपाध्यक्षः विमल निभा, महासचिव ः गंगाप्रसाद उप्रेती, सचिव ः विष्णु प्रभात, कोषाध्यक्षः मोहन दुवाल आदि रहेको केन्द्रीय समितिका साथै राष्ट्रिय परिषद्को पनि निर्माण । केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को निर्माणमा राष्ट्रिय जनसांस्कृतिक मञ्चसन्निकट लेखकहरूको एक्लौटी नेतृत्व कायम गरिएको र साझा सहमति तोडिएको आदि कारण देखाई नेपाल जनसांस्कृतिक सङ्घ, इन्द्रेणी सांस्कृतिक समाज, रक्तिम सांस्कृतिक परिवार, जनकला सिर्जन समाज, प्रतिभा प्रवाहसित सम्बद्ध निनु चापागाईं, जगदीशचन्द्र भण्डारी, कृष्ण सेन इच्छुकलगायतका साहित्यकारहरूद्वारा सम्मलेनको बहिष्कार । 
(उ)  पाँचौँ राष्ट्रिय सम्मेलन (२०५६ फागुन ११÷१२) । अध्यक्ष ः निनु चापागाईं, उपाध्यक्षः घनश्याम ढकाल, महासचिव ः जीवेन्द्र देव गिरी, सचिव ः केशव नेपाल, कोषाध्यक्ष ः नरनाथ लुइँटेलसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को पनि निर्माण ।
(ऊ)  छैटौँ राष्ट्रिय सम्मेलन (२०५९ फागुन २४÷२५) । अध्यक्ष ः आनन्द देव भट्ट, उपाध्यक्ष ः रुद्र खरेल, महासचिव ः घनश्याम ढकाल, सचिव ः रमेश भट्टराई, कोषाध्यक्ष ः मातृका पोखरेलसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण । 
(ए)  सातौँ राष्ट्रिय सम्मेलन (२०६३ जेठ २८÷२९) । अध्यक्ष ः निनु चापागाईं, उपाध्यक्षः सुधा त्रिपाठी तथा हरिगोविन्द लुइँटेल, महासचिव ः अमर गिरी, सचिव ः मातृका पोखरेल, कोषाध्यक्ष ः गोपाल ठाकुरसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को पनि निर्माण । 
(ऐ)  आठौँ राष्ट्रिय सम्मेलन (२०६६ जेठ २३÷२४) । अध्यक्ष ः घनश्याम ढकाल, उपाध्यक्षहरू ः कुन्ता शर्मा, हरिहर खनाल, अनिरुद्ध तिम्सिना, रामप्रसाद प्रदीप, भिक्टर प्रधान, महासचिव ः गोपाल ठाकुरसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण । 
(ओ) नवौँ राष्ट्रिय सम्मलेन (२०६९ चैत्र ३०÷३१) । अध्यक्ष ः अमर गिरी, उपाध्यक्षहरू – मातृका पोखरेल, हीरामणि दुःखी, सत्य पहाडी, गोपाल ठाकुर, शशिधर भण्डारी, महासचिव ः मित्रलाल पंज्ञानी, सचिव ः आर एम डङ्गोल, कोषाध्यक्ष ः विष्णु भण्डारीसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को पनि गठन । 
प्रलेस विभिन्न जिल्लाहरूमा फैलंदै गएको छ । स्थानीय रूपमा प्रलेसका जिल्ला समितिहरू बनेका छन् । कैयौँले मुखपत्र पनि निकालेका छन् र विविध साहित्यिक गतिविधिहरू पनि सम्पन्न हुँदै आएका छन् । 
३. दृष्टिकोण, उद्देश्य र मान्यता
आफ्ना मुखपत्र, विधान तथा प्रतिवेदन र प्रकाशनहरूमा प्रलेसका दृष्टिकोण, उद्देश्य र मान्यताबारे उल्लेख गरिएको पाइन्छ । यस सन्दर्भमा निम्न विषयमा ध्यान दिन जरुरी छ ः 
प्रगतिशील लेखक सङ्घको प्रारम्भिक कालको मुखपत्र प्रगति हो । त्यसमा प्रगतिशील लेखक सङ्घका विचार पाइन्छन् । प्रारम्भमा प्रलेसद्वारा प्रकाशित – श्यामप्रसाद शर्माको –“लेखक कसरी बन्ने ?” शीर्षक पुस्तिकालाई प्रलेसको निर्देशिकाका रूपमा लिइएको थियो । त्यसमा प्रगतिवाद यथार्थ जीवनसित सम्बन्ध राख्तछ, प्रगतिशील साहित्य अन्यायका विरुद्ध आवाज बुलन्द गर्दछ, साहित्यको आत्मा त्यसको विषयवस्तु हो, शब्द विन्यास त पोशाक हुन् आदि भनिएको छ । त्यसमा अगाडि बताइएको छ –“आजका नेपाली जन–साहित्यकारहरूले साम्राज्यवादी हस्तक्षेप र देशी प्रतिक्रियात्मक शक्तिहरूको विरोधमा आफ्नो जनतासित एक भएर जुध्नुपर्दछ ।” (पृष्ठ १४, दोस्रो संस्करण, कल्पवृक्ष प्रकाशन, काठमाडौँ नेपाल, २०४७) । उक्त भनाइबाट प्रलेस सामन्तवाद÷साम्राज्यवादविरोधी साहित्यकारहरूको संस्था हो भन्ने बुझिन आउँछ । 
प्रगतिशील लेखक सङ्घको निरन्तरतामा काठमाडौँमा २०१६ मा प्रगतिशील नेपाल लेखक सङ्घ बनेपछि त्यसद्वारा सञ्चालित गतिविधिबारे “साहित्य” पत्रिकामा जानकारी गराइन्थ्यो । “साहित्य” को पहिलो वर्ष, पहिलो अङ्क २०१६ पुस–माघका अनुसार – सामन्तवाद र साम्राज्यवादको विरोध गर्ने नेपालका जो लेखक पनि भर्ना तिरो एक रुपियाँ र बर्सेनी तिरो दुई रुपियाँ दिएर सदस्य हुन सक्छन् । उक्त कुराबाट के बुझिन आउँछ भने प्रगतिशील नेपाल लेखक सङ्घ सामन्तवाद तथा साम्राज्यविरोधी लेखकहरूको साझा संस्था हो । 
प्रगतिशील लेखक कलाकार सङ्घ तयारी समितिको – २०३६ मंसिर आठमा प्रकाशित अपीलमा भनिएको छ –“अन्तर्राष्ट्रिय षड्यन्त्रमा सामाजिक साम्राज्यवादी, साम्राज्यवादी र विस्तारवादीहरूको प्रतिस्पर्धा बढ्दो छ भने देशको प्रतिक्रियावादी सामन्ती शक्ति यसैलाई टेवा दिइरहेछ ।” (प्रलेसको सङ्क्षिप्त इतिहास, विष्णु प्रभात, पृष्ठ ८२) । त्यसमा प्रलेसको उद्देश्यका रूपमा –“साम्राज्यवादी, सामन्तवादी र प्रतिक्रियावादी साहित्य, संस्कृति र कलाको प्रभावबाट जनतालाई मुक्त पार्न” आवश्यक भएको कुरा उल्लेख गरिएको छ । यसैगरी प्रलेसको २०३९ को विधानमा –“प्रगतिशील लेखक–कलाकार सङ्घ सामन्तवाद तथा साम्राज्यवादविरोधी सम्पूर्ण लेखक कलाकारहरूको साझा र स्वतन्त्र सङ्गठन हो” भनिएको छ । (उक्त, पृष्ठ ८७) । 
२०४४ सालमा सम्पन्न प्रगतिशील लेखक सङ्घको पहिलो सम्मेलनमा पारित प्रस्तावमा –“द्वन्द्वात्मक भौतिकवादी र वैज्ञानिक समाजवादी धारणाहरूको उदयपछि समाजवादी यथार्थवादको उदय” भएको कुरा उल्लेख गर्दै साहित्यको वर्गीय स्वरूप, प्रगतिशील तथा प्रगतिवादी लेखकहरूको श्रम तथा श्रमजीवी जनताको पक्ष र दुश्मनहरूको विपक्षमा लिनुपर्ने अडानबारे प्रष्ट पारिएको छ । सो प्रस्तावमा –“सामन्ती दर्शन, अन्धविश्वास, कुरीति, भाग्यवाद, परलोकवादजस्ता सामन्ती अवशेष र हाम्रो देश र समाजलाई हानि पु¥याउने पतनशील पुँजीवादका व्यक्तिवाद, छाडावाद, पश्चिमी दासमनोवृत्तिजस्ता कुराको विरुद्ध प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई दीर्घकालीन रूपले चलाइरहने” कुरा बताइएको छ । त्यसैगरी सो प्रस्तावमा –“सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध र पूर्ण जनवाद, समाजवाद, अन्तर्राष्ट्रिय श्रमिक भाइचारा, विभिन्न देशहरूका स्वतन्त्रता र सार्वभौमिकताको रक्षा, अनाक्रमण, अहस्तक्षेप एवम् संसारका जनताले चलाएका न्यायपूर्ण सङ्घर्ष र क्रान्तिहरूको पक्ष र समर्थनमा साहित्य र कलाको माध्यमबाट आन्दोलन चलाइरहने” समेत भनी उल्लेख गरिएको छ । (कार्यपत्र, पृ.२०, २०४४) । यसैगरी सो प्रस्तावमा –“सबै जाति, जनजाति र तिनका भाषा–संस्कृतिहरूको न्यायपूर्ण समान अधिकारको पक्षमा प्रवृत्त रहने” कुरा पनि बताइएको छ । (उक्त) । उक्त उद्धरणहरूमा २०३६÷०३७ को ऐतिहासिक जनआन्दोलनको आँधिबेरीका बीचबाट हुर्किदै तथा विकसित हुँदैआएको प्रलेसका सैद्धान्तिक, वैचारिक तथा साङ्गठनिक मान्यता अत्यन्तै प्रष्ट रूपमा अभिव्यक्त भएका छन् । 
२०४८ मा सम्पन्न प्रलेसको दोस्रो राष्ट्रिय सम्मेलनमा पारित प्रतिवेदनमा “जनआन्दोलन सम्झौतामा टुङ्गिएपछि जनताले आफ्नो चाहना आंशिक रूपमा पनि पूरा भएका अनुभव गर्न सकेन” भन्ने कुराको उल्लेख गरिएको छ । निष्कर्षमा भनिएको छ –“तसर्थ, जनआन्दोलनको अपूर्ण अन्त्य र जनआकाङ्क्षामाथिको आघातप्रति लेखकहरूले आक्रोश प्रकट गर्नु मनासिप हो । साहित्यमा देखापरेको यो आक्रोश लेखकको उच्च संवेदनाको प्रतीक हो र चेतनाको यसै विन्दुमा उभिएर साहित्यिक आन्दोलनलाई अघि बढाउनु इतिहासले प्रलेसलाई सुम्पेको दायित्व हो ।” (प्रगतिवाद–हिजो र आजः प्रलेस, वर्ष १, अंक १, २०४९ असोज, पृष्ठ ६) । २०४६ को ऐतिहासिक जनआन्दोलनका बीचबाट निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यपछि सम्पन्न उक्त सम्मेलनका यी अभिव्यक्ति वस्तुवादी तथा सही नै रहेका छन् । सोही प्रतिवेदनमा एकातिर “समाजवादको नक्कली झण्डामुनि सञ्चालित सोभियत सङ्घको नोकरशाही पुँजीवादी सत्ता” को विरोध र अर्कोतिर “द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण” को पक्षपोषण गरिएको छ । 
प्रलेस पूर्णाङ्क ७ को सम्पादकीयमा भनिएको छ –“माक्र्सले हाम्रो भूमण्डलको समाज, अर्थतन्त्र, राजनीति र दर्शनको विवेचना थालेपछि, एङ्गेल्सले यथार्थवादको माग प्रतिनिधिपरिवेश र पात्रको स्थापना हो भन्दै कलाचर्चा गरेपछि र लेनिनले कला–साहित्यलाई परिवर्तनकारी आन्दोलनको दाँती र पेँचकीलाका रूपमा तुलना गरेपछि थुप्रै यथार्थवादी लेखकहरूले आफूलाई प्रगतिवादका गतिशील प्रवाहमा सामेल गरेका थिए ।” (पूर्णाङ्क ७, माघ–चैत्र २०५३) । यहाँ प्रगतिवाद÷प्रगतिशीलतालाई माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको आलोकमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । यस सम्पादकीयको शीर्षक “कला–साहित्य पनि कार्यनीतिविहीन हुँदैन” भन्ने रहेको छ । त्यसमा –“कसका लागि किन लेख्ने ? कसरी लेख्ने ? कुन बेलामा कसलाई प्रहार गर्ने र कसको प्रशंसा वा निन्दा गर्ने ? भन्ने प्रश्न”लाई सशक्त रूपमा उठाई साहित्य र कलाको पनि रणनीति र कार्यनीति हुने कुरामाथि राम्रो प्रकाश पारिएको छ । यहाँ साहित्य र कलाको रणनीति र कार्यनीतिको उल्लेख गर्दा स्तालिन र माओको पनि चर्चा गरिएको छ । माओका भनाइको उल्लेख गर्दै भनिएको छ –“क्रान्तिकारी संस्कृति व्यापक जनसमुदायका निम्ति एउटा बलियो क्रान्तिकारी हतियार हो । यसले क्रान्तिअघि विचारधारात्मक आधार तयार पार्दछ र क्रान्तिकालमा व्यापक जनताको लडाकु मोर्चाअन्तर्गत् एउटा महŒवपूर्ण सांस्कृतिक मोर्चाको रूपमा रहन्छ भन्ने माओत्सेतुङ्गको भनाइले पनि कला–साहित्यको कार्यनीतिक पक्षलाई नै सङ्केत गर्दछ । संयुक्त मोर्चा वा साझा मञ्चको धारणा स्वयम् कार्यनीतिको विषय हो ।” (उक्त) । यी भनाइ विशेष मननीय रहेका छन् । 
प्रलेसको पाँचौँ राष्ट्रिय सम्मेलनमा पारित विधानमा भनिएको छ –“साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको आमूल रूपान्तरणका निम्ति सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्गसङ्घर्षलाई प्रमुख कारक एवम् प्रेरक तत्व ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक तथा भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्य चिन्तनका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र आमूल परिवर्तनका पक्षधर समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्ध समेत रहेका साहित्य–सर्जकहरूको संयुक्त मञ्चका रूपमा विद्यमान राष्ट्रियस्तरको सङ्गठन नै प्रगतिशील लेखक सङ्घ हो ।” (प्रलेस, पूर्णाङ्क ११, २०५७) । यहाँ प्रलेसको वैचारिक, सांस्कृतिक तथा सौन्दर्यपरक दृष्टिले लेखकीय तथा साङ्गठनिक मान्यताबारे सुस्पष्ट रूपमा उल्लेख गरिएको छ । 
सातौँ सम्मेलनमा पारित विधानमा –“विद्यमान सामन्ती तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा नयाँ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने” भनी उल्लेख गरिएको छ । (प्रलेस, पूर्णाङ्क १५, पृष्ठ ७०, माघ २०६३) । यसप्रकारको मान्यतामाथि ध्यान दिंदा प्रलेस नयाँ जनवादी संस्कृति र जनगणतन्त्र नेपालको पक्षमा रहेको देखिन्छ । 
प्रलेस पूर्णाङ्क २० को सम्पादकीयमा भनिएको छ –“उत्तरआधुनिकतावाद, उत्तरसंरचनावादलगायत विभिन्न आधुनिकतावादी धाराहरूका विरुद्ध सशक्त वैचारिक सङ्घर्ष नगरी प्रगतिवादी साहित्यिक आन्दोलनलाई बलियो एवम् प्रभावकारी बनाउन सम्भव छैन । भूमण्डीकरण, नवउदारवाद र उपभोक्तावाद विरुद्धको सङ्घर्षलाई पनि यसैसँग जोडेर अघि बढाउन आवश्यक छ ।” (पूर्णाङ्क २०, जेठ २०७०) । यहाँ प्रलेस उत्तरआधुनिकतावाद, उत्तरसंरचनावाद तथा सबै खाले बुर्जुवा आधुनिकतावादको विरोध र प्रगतिवादको पक्षमा सशक्त रूपमा उभिन पुगेको छ । 
सातौँ राष्ट्रिय सम्मेलनमा पारित प्रतिवेदनमा भनिएको छ –“अहिले सिर्जनशील एवम् सौन्दर्यशास्त्रीय बहसलाई व्यापक बनाउँदै स्रष्टाहरूलाई लोकतान्त्रिक गणतन्त्रको सांस्कृतिक धारमा गोलबन्द गरी सुन्दरभन्दा सुन्दर कृतिहरूको सिर्जना गर्न अभिप्रेरित गर्ने कार्य नै प्रलेसको तात्कालिक कार्यदिशा हो । यसले मात्र जनगणतन्त्रको भावी दिशालाई सुनिश्चित गर्दछ । (पूर्णाङ्क–१५, माघ २०६३, पृष्ठ ६६) । यहाँ वामपन्थी पार्टीहरूले लोकतान्त्रिक गणतन्त्रलाई अङ्गीकार गरेको स्थितिमा प्रगतिशील लेखकहरू पनि तदनुरूप नै अगाडि बढेको देखिन्छ । 
प्रलेसको नवौँ राष्ट्रिय सम्मेलनमा पारित प्रतिवेदनमा भनिएको छ –“प्रलेस सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववादविरोधी स्रष्टाहरूको साझा संस्था हो । यो यसको न्यूनतम वैचारिक एवम् नीतिगत आधार हो । प्रगतिशील दृष्टिकोण राख्ने स्रष्टाहरूदेखि समाजवादी यथार्थवादलाई अँगाल्ने प्रगतिवादी स्रष्टाहरूसमेत यसमा प्रतिबद्ध रहँदै आएका छन् । वामपन्थी पार्टीहरूमा साङ्गठनिक रूपमा प्रतिबद्ध र स्वतन्त्र दुवै किसिमका स्रष्टाहरू यससँग जोडिएका छन् । सामन्तवाद र साम्राज्यवादविरोधी स्रष्टाहरूको एक बृहत् मोर्चाका रूपमा विगतदेखि यसले निर्वाह गर्दै आएको भूमिका उल्लेखनीय रहेको छ ।” (प्रलेस, पूर्णाङ्क २०, जेठ २०७०) । यहाँ प्रलेसको अवधारणालाई अत्यन्तै सुस्पष्ट रूपमा उल्लेख गरिएको छ । प्रगतिशील÷प्रगतिवादी÷समाजवादी यथार्थवाद, प्रतिबद्ध र स्वतन्त्रजस्ता अवधारणप्रति पनि प्रलेस सजग रहेको छ । 
४. विविध चिन्तन तथा प्रवृत्तिका बीच वैचारिक सङ्घर्ष
प्रगतिशील लेखक सङ्घ आफ्नो जन्मकालदेखि नै बाह्य र आन्तरिक दुवै क्षेत्रमा विभिन्न गलत चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षरत रहिआएको देखिन्छ । ‘प्रगति’ का विभिन्न अङ्कहरूमा यसप्रकारको सङ्घर्षलाई देख्न सकिन्छ । ‘प्रगति’ मा प्रगतिशील मात्र होइन, प्रतिधु्रवीय धाराका लेखकहरूलाई पनि स्थान दिइएको छ । साहित्य र राजनीतिका बीचको सम्बन्धलाई लिएर ईश्वर बराल र कृष्ण चन्द्र सिंह प्रधानका बीच चलेको वैचारिक सङ्घर्ष यस सन्दर्भमा उल्लेखनीय रहेको छ ।
सोही अवधिमा प्रगतिशील खेमाबाट प्रकाशित –“कामरेड, जाने होइन ?” शीर्षक कथासङ्ग्रहका कथाहरूबारे प्रतिक्रिया व्यक्त गदै श्यामप्रसाद शर्मा भन्दछन्– “साहित्यलाई राजनीतिको विज्ञापन मात्र बनाउन हुँदैन । हाम्रा नयाँ प्रकाशनहरूमध्ये कहानी–सङ्ग्रह “कामरेड, जाने होइन ?” साहित्यिक कृति नभएर राजनीतिको इस्तिहार बन्न गएको छ ।” (लेखक कसरी बन्ने ? उक्त, पृष्ठ १५) । यहाँ श्यामप्रसादको जोड साहित्य बढी कलात्मक हुनुपर्छ भन्ने कुरामा रहेको देखिन्छ । 
२०१५ सालतिर कृष्णचन्द्र सिंह प्रधान रचित “कवि व्यथित र काव्य साधना” मा व्यथितलाई समाजवादी बताइएको छ । त्यसको विरोधमा श्यामप्रसादले व्यथितलाई समाजवादी होइन, प्रगतिशील मान्न सकिने कुरा बताइएका छन् । (श्यामप्रसाद शर्मा ः केही साहित्यकार र साहित्य, पृ.२०÷प्रकाशक विनोद अधिकारी, २०३६) । 
पुष्पलाल समूहद्वारा २०१४ तिर नेपाल कम्युनिस्ट पार्टीमा संशोधनवाद पैदा भएको र त्यो जनवादी साहित्यिक क्षेत्रमा देखापरेको कुरा उल्लेख गरिएको छ । त्यसप्रकारका साहित्यकारहरूमा ताना सर्मा, कृष्ण चन्द्र सिंह प्रधान, धर्मराज थापा आदिको नाम उल्लेख गरिएको छ । “नयाँ जनवादी संस्कृति” (२०२८) ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकातिर खु्रस्चेभको आधुनिक संशोधनवाद पैदा भयो भने अर्कोतिर त्यसको विरोधमा माओको नेतृत्वमा माक्र्सवाद–लेनिनवाद–माओविचार विकसित हुन पुग्यो । यसै प्रक्रियामा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । यी सबै कुराबाट नेपाली वामपन्थी आन्दोलन तथा सांस्कृतिक आन्दोलन पनि प्रभावित बन्न पुग्यो । नेपालमा माओ विचार र नयाँ जनवादलाई मान्ने वामपन्थी धारा सशक्त रूपमा विकसित भयो । यसै क्रममा प्रलेसमा पनि नयाँ प्रकारका बहस र विवाद प्रकट हुँदै गए । 
चीनमा माओ त्से तुङ्गको निधनपश्चात् चीन समाजवादी हो वा होइन भन्नेबारे सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलन, सांस्कृतिक आन्दोलन र प्रलेसमा पनि बहसको विषय बन्न गयो । त्यस स्थितिमा प्रलेस यसप्रकारको विवादमा जान नहुने निर्णय लिन पुग्यो । यसले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा निकै दूरगामी प्रभाव पारेको छ । 
२०४६ को ऐतिहासिक जनआन्दोलन, निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त र बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् नेपाली वामपन्थी आन्दोलनमा बहुदलीय जनवादी धारा देखाप¥यो । यसै क्रममा नेकपा (माओवादी) ले माओविचारका ठाउँमा माओवाद पदावली प्रयोग ग¥यो र माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा स्वीकार्न पुग्यो । त्यस स्थितिमा एकातिर माओवाद÷माओविचार तथा नयाँ जनवाद र अर्कोतिर तिनको विरोधमा बहुदलीय जनवादलाई मान्ने दुई धाराका बीच गम्भीर विवाद पैदा भयो र यी सबै कुराको असर सांस्कृतिक आन्दोलनसहित प्रलेसमा पनि पर्न गयो । 
२०५२ सालमा नेकपा (माओवादी) द्वारा महान् जनयुद्धको सञ्चालन गरियो । त्यसले नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा नयाँ धक्का दियो । यस प्रक्रियामा नेपाली साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा जनयुद्धको पक्षधरता, विरोध र तटस्थता जस्ता प्रवृति देखा परे । यसले पनि प्रलेसमा असर पा¥यो ।
वस्तुतः प्रलेस प्रगतिशील लेखकहरूको साझा सङ्गठन हो । तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत तथा पारित प्रतिवेदनमा भनिएको छ –“प्रगतिशील लेखक सङ्घ नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको लागि समुन्नत संस्कृतिको निर्माण गर्ने तर्फ प्रतिबद्ध व्यापक प्रगतिवादी सांस्कृतिक शिविरभित्रको एक साझा संगम थलो हो । विविध दृष्टि, चिन्तन, रुचि र शैलीहरूको उपस्थितिका कारण यो निद्र्वन्द र एकात्मक चिन्तन र शैलीयुक्त थलो कदापि हुन सक्दैन ।” (प्रलेस ः तेस्रो राष्ट्रिय सम्मेलन, अङ्क, २०५०, पृष्ठ १६) । प्रलेस आफ्नो इतिहासमा मूलतः यसै मान्यतालाई अवलम्बन गर्दैआएको छ । तसर्थ, प्रलेस एउटा साझा थलो बनेको छ र यहाँ एकता–आलोचना–एकताको मान्यता लागु गरिएको छ । 
५. विभिन्न विषयमा कार्यपत्रहरूको प्रस्तुति
‘प्रलेस’ का विभिन्न अङ्कहरूमा विभिन्न प्रकारका कार्यपत्रहरू प्रकाशित गरिएका छन् । यस प्रकारका कार्यपत्रहरू प्रलेसद्वारा आयोजित विभिन्न गोष्ठीहरू वा अन्तक्र्रिया कार्यक्रमहरूसित जोडिएका छन् । केही महŒवपूर्ण कार्यपत्रहरू यसप्रकार रहेका छन् ः

(क) भाषा समस्यासित सम्बन्धित कार्यपत्र
प्रलेस — पूर्णाङ्क–१२ मा भाषा समस्यासित सम्बन्धित एघार ओटा कार्यपत्रहरू प्रकाशित भएका छन्, ती हुन् ः– भाषा समस्या र समानताको प्रश्न – प्रो. माणिकलाल श्रेष्ठ, नेपालको सन्दर्भमा भाषिक समान अधिकार – मल्ल के सुन्दर, अवधि भाषा र साहित्य – विश्वनाथ पाठक, गुरुङ भाषामा प्रकाशित केही प्रगतिशील कृतिहरू – डा. गणेशमान गुरुङ, मगराती साहित्यमा प्रगतिशील पक्ष एक चर्चा – लोकबहादुर थापा मगर, नेपाल भाषामा प्रगतिशील साहित्यको स्थिति र प्रवृत्ति – पूर्ण ताम्राकार, तामाङ साहित्यको पृष्ठभूमि र प्रगतिशील साहित्य...– अमृत योन्जन÷यकिना अगाध, लिम्बू भाषामा प्रगतिशील साहित्यको सङ्क्षिप्त रेखाङ्कन.. – विजय सुब्बा, भोजपुरी प्रगतिशील साहित्य – गोपाल ठाकुर, थारु भाषामा प्रगतिशील साहित्यको अवस्था – महेश चौधरी र मैथली भाषामा प्रगतिशील साहित्यको अवस्था – धिरेन्द्र प्रेमर्षि । (प्रलेस, पूर्णाङ्क १२, वैखाश २०५९) । 
यी कार्यपत्रहरूमा नेपाल बहुजातीय तथा बहुभाषिक मुलुक भएको कुरालाई स्वीकार्दै एकातिर भाषिक भेदभावको विरोध गरिएको छ भने अर्कोतिर भाषिक समानतामा जोड दिइएको छ । साथै, नेपालका नेपाली भाषा बाहेकका अन्य भाषाहरूमा विद्यमान प्रगतिशील साहित्यको स्थितिबारे पनि अध्ययन गरिएको छ । 

(ख) साहित्यिक विधा तथा वैचारिक प्रश्नसित सम्बन्धित कार्यपत्र 
प्रलेसको पूर्णाङ्क १३ मा साहित्यका कतिपय विधाहरूबारे केही कार्यपत्रहरू प्रकाशित गरिएका छन्, ती हुन् – नेपाली प्रगतिवादी नाटक ः परम्परा, विकास र सम्भावना – रमेशप्रसाद भट्टराई, नेपाली प्रगतिवादी नाटक ः परम्परा, विकास र सम्भावना – कपिल लामिछाने, समकालीन प्रगतिवादी नेपाली कथाका प्रवृत्तिहरू – डा.देवीप्रसाद गौतम, सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व – अमर गिरी, सांस्कृतिक साम्राज्यवादले नेपाली जनजीवनमा पारेको असर – डा.ऋषिराज बराल, समकालीन नेपाली प्रगतिवादी कविताका प्रवृत्तिहरू – डा.ताराकान्त पाण्डेय, समकालीन प्रगतिशील निबन्धलेखन र तिनका प्रवृत्ति – रमेश भट्टराई, समकालीन प्रगतिवादी निबन्धलेखन र त्यसका प्रवृत्तिहरू – डा.ताराकान्त पाण्डेय । 
प्रलेसको पूर्णाङ्क १४ मा – साहित्यका कतिपय विधाहरूबारे कतिपय कार्यपत्रहरू प्रकाशित गरिएका छन्, ती हुन् – प्रगतिशील नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति – राजेन्द्र सुवेदी, समकालीन प्रगतिवादी नेपाली उपन्यासका प्रवृत्तिहरू – इस्माली, समसामयिक प्रगतिशील नेपाली कवितामा दलित चेतना – डा.ताराकान्त पाण्डेय, दलित परिप्रेक्ष्य ः प्रगतिवादी नेपाली आख्यानका सन्दर्भमा – रमेशप्रसाद भट्टराई, प्रगतिशील महिला लेखन ः स्थिति, समस्या र सम्भावना – सुधा त्रिपाठी, उत्तरआधुनिकतावाद ः भ्रम र वास्तविकता – निनु चापागाईं, उत्तरआधुनिकतावाद र यसको मूल स्वरूप – रमेशप्रसाद भट्टराई र प्रगतिवादी नेपाली समालोचनाका वर्तमान स्थिति र समस्या – डा.ताराकान्त पाण्डेय । 
प्रलेसका उक्त दुवै पूर्णाङ्क १३÷१४ मा एकातिर साहित्यका विभिन्न विधाहरूमा प्रगतिशीलता÷प्रगतिवादको स्थितिलाई राम्रोसित आँकलन गरिएको छ भने अर्कोतिर सांस्कृतिक साम्राज्यवाद तथा उत्तर आधुनिकतावादबारे प्रगतिवादी कोणबाट अध्ययन तथा चिरफारको कामलाई अगाडि बढाइएको छ । 

(ग) संस्कृतिसम्बन्धी कार्यपत्र 
प्रलेस पूर्णाङ्क १६ मा संस्कृतिसम्बन्धी दुई ओटा कार्यपत्रहरू प्रकाशित गरिएका छन्, ती हुन् – सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा÷चैतन्य, सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा÷प्रदीप ज्ञवाली । (प्रलेस, पूर्णाङ्क १६, जेठ २०६६) । उक्त कार्यपत्रहरूमा नेपालको सांस्कृतिक अवस्था, रूपान्तरणको आवश्यकता र दिशाबारे भिन्न भिन्न कोणबाट प्रकाश पार्ने प्रयास गरिएको छ । 
६. विविध लेखन सन्दर्भ 
प्रलेसका कतिपय अंकहरू विविध लेखन सन्दर्भमा आधारित रहेका छन् । यस सन्दर्भमा डा. माधवप्रसाद पोखरेलको नेपालका राष्ट्रिय भाषाको महŒव ः समस्या र समाधान (प्रलेस–९), नेपालमा बहुभाषिक समस्या र त्यसको स्थायी समाधान (प्रलेस, वर्ष ४, अंक ४), मोहन विक्रमको – पैत्रिक सम्पत्तिमा महिला अधिकारको प्रश्न (प्रलेस ७), हृदयचन्द्रको विचार र दर्शन (प्रलेस ७), मोदनाथ प्रश्रितको माक्र्सवादी दर्शनको प्रारम्भिक ज्ञान (प्रलेस १७) र नेपाली इतिहासको प्रारूप (प्रलेस, वर्ष ४, अंक ५), वेदुराम भुसालको – ऐतिहासिक भौतिकवादको सम्बन्धमा (प्रलेस १६), कुलमान सिंह भण्डारीको चित्रकलामा आध्यात्मवादभित्र वर्गीय प्रभाव (प्रलेस–पूर्णाङ्क–८) र विष्णु प्रभातको व्यावसायिक सिनेमा र आजको आवश्यकता (प्रलेस, वर्ष ४, अंक ५) आदि उल्लेखनीय रहेका छन् । यी लेखहरू विविध प्रकारका देखिन्छन् र यिनमा प्रगतिशील÷प्रगतिवादी कोणबाट विषयलाई स्पष्ट पार्ने प्रयास गरिएको छ । 
७. विविध विधागत सन्दर्भ 
प्रगतिशील लेखक सङ्घले आफ्ना विभिन्न साहित्यिक गतिविधिहरू र मुखपत्रहरू – प्रगति, साहित्य, प्रलेस मार्फत साहित्यका विभिन्न विधाहरूको विकासमा महŒवपूर्ण योगदान दिंदै आएको छ । यस प्रक्रियामा प्रगतिशील लेखकहरूको विशाल फौज तयार बन्दै आएको छ । 
प्रलेस, वर्ष–१, अङ्क–२, २०५० मा –“चालीसको दशकका केही प्रगतिशील कविताहरू” शीषर्कअन्तर्गत् विभिन्न प्रतिनिधिमूलक कविका प्रतिनिधिमूलक कविताहरूलाई समावेश गरी प्रकाशित गरिएको छ । ती कविहरू यी हुन् ः युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, पूर्णबहादुर वैद्य, पारिजात, रामचन्द्र भट्टराई, मोदनाथ प्रश्रित, रामविनय, बूँद राना, कुन्ता शर्मा, नरेश शाक्य, यज्ञराज प्रसाईं, लीला उदासी, त्रि–रत्न शाक्य, विक्रम सुब्बा, विमल निभा, पूर्ण विराम, पुरुषोत्तम सुवेदी, शोभा गौतम, मीनबहादुर विष्ट, इच्छुक, राजभाइ जकःमि, श्यामल, डा.महेश मास्के, उमेश उपाध्याय, हरिगोविन्द लुइँटेल, ईश्वरचन्द्र ज्ञवाली, अनिल पौडेल, मीन द्वन्दी, ताराकान्त पाण्डेय, मित्रलाल पंज्ञानी, गोविन्द वर्तमान, अमर गिरी, शार्दूल भट्टराई, लिखत पाण्डे, जगदीशचन्द्र भण्डारी, वासुदेव अधिकारी, राजकुमार केसी, आहुति, बलभद्र भारती, दिल साहनी, मंजुल, जनकप्रसाद हुमागाईं, रुद्र खरेल, नेत्रलाल पौडेल । यी कविहरूमध्ये कैयौँ आख्यानकार, निबन्धकार, नाटककार, समालोचक आदि पनि रहेका छन् ।
यसैगरी ‘प्रलेस’ का कतिपय अङ्कहरूमा साहित्यका विभिन्न विधाहरू – कविता, गीत तथा गजल, कथा÷लघुकथा, निबन्ध, साना नाटक, समालोचना आदि विधाहरूलाई समावेश गरिएको छ । यहाँ यस प्रकारका विभिन्न विधा र सम्बद्ध लेखकहरूबारे उल्लेख गर्न सम्भव छैन । यसलाई लेखकीय सीमाका अर्थमा ग्रहण गर्नु उपयुक्त होला । 
८. समालोचना र सौन्दर्यचिन्तन
प्रलेसले सैद्धान्तिक तथा व्यावहारिक समालोचना र सौन्दर्यचिन्तको क्षेत्रमा आवश्यक ध्यान दिंदै आएको छ । यो साहित्यका क्षेत्रमा विचारधारात्मक सङ्घर्षको क्षेत्र हो । यस क्षेत्रलाई सही ढŒ्गले अगाडि बढाउनुको अर्थ प्रलेसलाई सिर्जनाको क्षेत्रमा विचारधारात्मक रूपले नयाँ उचाइँ प्रदान गर्नु नै हुन्छ । 
प्रलेस पूर्णाङ्क – १६ मा निनु चापागाईंको साहित्यसम्बन्धी माक्र्सवादी अवधारणाहरू, ताराकान्त पाण्डेयको कविताको रचना प्रक्रिया असल सिर्जना कसरी गर्ने ? रमेश भट्टराईको कविता र यसको रचना प्रक्रिया – लगायतका अवधारणा पत्रहरू सैद्धान्तिक समालोचनासित सम्बन्धित रहेका छन् । गोविन्द भट्टको साहित्यमा विश्वदृष्टिकोणको प्रश्न – (प्रलेस–पूर्णाङ्क–६), आर पी. श्रेष्ठको कड्वेल र माक्र्सवादी समालोचना, रविलाल अधिकारीको हावर्ड फास्टका यथार्थवादसम्बन्धी मान्यता (प्रलेस–वर्ष ४, अङ्क–५), कृष्णप्रसाद पराजुलीको बाल साहित्यको यात्रा, अनुभव र अभिव्यक्ति (प्रलेस– वर्ष ४, अङ्क–४), अनिरुद्ध तिमिल्सिनाको प्रगतिवाद र यसका आधारभूत मान्यताहरू (प्रलेस–पूर्णाङ्क १०), सुकुम शर्माको – साहित्यका बारेमा (प्रलेस ९), रामप्रसाद ज्ञवालीको १९९५ का रचनामा श्यामप्रसाद (प्रलेस ७) आदि उल्लेखनीय रहेका छन् । 
व्यावहारिक समालोचनामा – दिल साहनीको जिउँदो कविको जिउँदो कविता (प्रलेस, वर्ष ४, अङ्क ४), कुलप्रसाद खनालको किसानका कवितामा क्रान्तिकारी चेतना (उक्त), नरेन्द्र चापागाईंको झिंगे माछाका कवि रामचन्द्र भट्टराईको कवित्व चेतना (प्रलेस ९) आदि स्मरणीय देखिन्छन् । 
प्रगतिशील लेखक सङ्घले प्रारम्भकालदेखि नै सौन्दर्यचिन्तनको क्षेत्रमा पनि आवश्यक ध्यान दिंदै आएको छ । प्रगति र प्रलेसमा सौन्दर्यचिन्तनसम्बन्धी लेखहरू प्रकाशित गर्ने र गोष्ठी वा अन्तक्र्रिया कार्यक्रम पनि राख्ने काम भएको पाइन्छ । २०५१ मा झापामा “माक्र्सवादी चिन्तनमा सौन्दर्य” विषयक गोष्ठी राखिएको थियो । सौन्दर्यचिन्तनसम्बन्धी लेखहरूमा गोविन्द भट्टको माओचतुङको सौन्दर्यशास्त्र र नेपाली साहित्य (प्रलेस, वर्ष ४, अंक ४), गंगाप्रसाद उप्रेतीको पारिजातको सौन्दर्यचिन्तनको विकासक्रम (प्रलेस–वर्ष ४, अङ्क ५), चैतन्यको सौन्दर्यचिन्तनबारे केही कुरा (प्रलेस, पूर्णाङ्क १७) आदि ध्यान दिन योग्य छन् । 
९. लोक साहित्य तथा लोकगीतको सन्दर्भ
प्रलेसले लोक साहित्य तथा लोक गीतको अध्ययनका लागि पनि आवश्यक स्थान दिने जमर्को गरेको छ । यस सन्दर्भमा रामहरि पौडेलको –“नेपाली लोक कथामा प्रगतिवादी तत्व”, “नेपाली लोकगीतमा प्रगतिवादी चेतना”, पूर्ण प्रकाश नेपाल यात्रीको “नेपाली लोक गाथामा प्रगतिवादी स्वर”, जीवेन्द्र देव गिरीको “नेपाली उखानमा प्रगतिवादी स्वर” उल्लेखनीय रहेका छन् । (प्रलेस–पूर्णाङ्क ८, वैशाख–जेठ–असार २०५४) । यहाँ लोक साहित्य र लोकगीतको अध्ययनमा विशेष जोड दिइएको छ । 
१०. नेपाली साहित्यका शीर्ष व्यक्तित्वहरूबारे
प्रलेसमा नेपाली प्रगतिशील तथा प्रगतिवादी साहित्यका कतिपय शीर्ष व्यक्तित्वहरूबारे विशेष ध्यान दिंदै विशेष सामग्री वा विशेषाङ्क प्रकाशित गर्दै आउने काम भएको छ । यस सन्दर्भमा केही प्रसङ्गबारे उल्लेख गर्न जरुरी छ । 
नेपाली प्रगतिवादी साहित्यको इतिहासमा कृष्णसेन ‘इच्छुक’को विशेष भूमिका रहिआएको छ । तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा वहाँको साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वले एक उत्कर्ष प्राप्त गरेको छ । वहाँले एक उच्च सहादत प्राप्त गर्नुभएको छ । वहाँको सम्मानमा प्रलेस पूर्णाङ्क– १३ मा एउटा विशेष टिप्पणी प्रकाशित गरिएको छ । त्यसैगरी प्रलेख पूर्णाङ्क–१४ मा वहाँको सम्मान, संस्मरण र साहित्यिक विशेषताबारे उल्लेख गर्दै केही समालोचकीय लेखहरू प्रकाशित गरिएका छन् । 
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यमा मात्र नभई विश्व साहित्यमा एक महान् प्रतिभाका रूपमा सम्मान व्यक्त गर्दै ‘प्रलेस’ले “वैचारिक आलोकमा देवकोटा” शीर्षकमा एउटा समालोचना ग्रन्थ – २०६७ प्रकाशित गरेको छ । यस ग्रन्थमा नेपाली प्रगतिशील तथा प्रगतिवादी शिविरका विभिन्न समालोचकहरूका समालोचनीय लेखहरूलाई समावेश गरिएको छ । यहाँ लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वलाई राम्रोसित उजागर गरिएको छ । 
नेपाली प्रगतिवादी साहित्यको इतिहासमा घनश्याम ढकालको विशेष भूमिका रहिआएको छ । वहाँ प्रगतिशील लेखक सङ्घको अध्यक्षसमेत बन्नुभएको छ । अध्यक्षको भूमिकामा रहेकै बखत वहाँको २०६८ फागुन १ मा आकस्मिक रूपमा निधन भएको छ । प्रलेसले वहाँको सम्मानमा प्रलेस – पूर्णाङ्क–१९, असोज २०६९ मा ‘घनश्याम ढकाल श्रद्धाञ्जलि विशेषाङ्क’ प्रकाशित गरेको छ । सो विशेषाङ्कमा वहाँको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै विभिन्न समीक्षकहरूद्वारा रचित महŒवपूर्ण लेख तथा समालोचनाहरू समावेश गरिएका छन् । 
११. प्रलेस आन्दोलनको क्षेत्रमा 
प्रलेसले जनवादी तथा वामपन्थी आन्दोलनमा वैचारिक मात्र होइन, साङ्गठनिक तथा भौतिक रूपमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसैगरी प्रलेसले सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादीविरोधी र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक संस्कृतिको पक्षमा वैचारिक तथा साङ्गठनिक÷भौतिक दृष्टिले आफ्नो क्रियाशील भूमिका खेल्दै आएको छ । यसले पञ्चायती निरङ्कुशतन्त्रको विरोधमा २०३६ र २०४६ का ऐतिहासिक जनआन्दोलनहरूमा उल्लेखनीय भूमिका खेलेको छ । त्यसैगरी महान् जनयुद्ध र जनआन्दोलनको प्रक्रियामा प्रतिगमनकारी सत्ताको दमन अभियान र सङ्कटकालको प्रक्रियामा यसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । यस सन्दर्भमा – प्रलेसको पूर्णाङ्क १५ मा समावेश गरिएका – रमेशप्रसाद भट्टराईको लोकतान्त्रिक आन्दोलनमा प्रगतिशील लेखन सङ्घर्षको भूमिका, डा.ताराकान्त पाण्डेयको लोकतान्त्रिक गणतन्त्रमा पुग्ने माध्यम संविधानसभा लगायतका लेखहरू उल्लेखनीय रहेका छन् । यहाँ लेखकहरूद्वारा लोकतान्त्रिक गणतन्त्रबारे जुन कुरा उल्लेख गरिएको छ, त्यो लेखकीय मात्र नभई मुख्यतः वामपन्थी राजनीतिक आन्दोलनको सीमासित सम्बन्धित रहेको छ । 

१२. अभिव्यक्ति स्वतन्त्रताको प्रश्नबारे 
साहित्य, कला र राजनीतिको क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको विशेष महŒव हुन्छ । साहित्य र कलाबारे स्वतन्त्रता र प्रतिबद्धताको सौन्दर्यशास्त्रीय महŒव पनि छ । प्रलेसले ७ जेठ २०५२ मा पोखरामा “लेखकीय प्रतिबद्धता र स्वतन्त्रताबारे” गोष्ठीको आयोजना गरेको थियो र त्यसमा विभिन्न कार्यपत्र पनि प्रस्तुत भएका थिए । 
प्रलेसका तर्फबाट २०५७ वैशाख २४ मा काठमाडौँमा “जनआन्दोलनपछिका दश वर्ष र अभिव्यक्ति स्वतन्त्रता” विषयक अवधारणापत्र प्रस्तुत गरिएको थियो । यो अवधारणा पत्र – २०४७–२०५७ दश वर्षीय देशको राजनीतिक परिवेशमा आधारित थियो । यस अवधारणा पत्रमा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकअधिकार र सङ्घर्षको रूपका अर्थमा पनि ग्रहण गरिएको छ । 
 २०४७ साल यताको नेपाली कांग्रेस सरकारमा आए पछिको देशको स्थितिमाथि प्रकाश पार्दै सो अवधारणा पत्रमा भनिएको छ –“टनकपुर सन्धिको विरोध गर्दा होस् वा दासढुङ्गा हत्याकाण्डको विरोध गर्दा होस् अथवा विभिन्न वाम समूहको राष्ट्रियता र जनजीविकासम्बन्धी साझा आन्दोलनमा होस्, शान्तिपूर्ण जुलुसमा अनाहकमा मान्छेहरूले ज्यान गुमाउनुभयो । कतै कुनै पार्टीको सदस्यता लिन मञ्जुर नगरे वापत र कतै सामान्य हक – अधिकारका कुरा गर्दा नागरिकले हत्याको शिकार हुनुप¥यो । अनीश शाक्य, सम्झना दाहाल, मनोज जोशी, रीता शिल्पकार, बसिर मियाँ, मोहन पासवानलगायतका पचासौँ व्यक्तिहरूको हत्या हाम्रा आँखा अघिल्तिर भए ।” (प्रलेस, पूर्णाङ्क ११, पृ.६५) । त्यसैगरी २०५२ यताको स्थितिबारे भनिएको छ –“वि.सं २०५२ यता हत्याका श्रृङ्खलामा अझ वृद्धि भएको छ । देशको कुन भागमा कतिखेर कसको ज्यान जान्छ भन्ने कुराको टुङ्गो छैन । जनयुद्धका नाउँमा गैरकानूनी ढङ्गले ठूलो सङ्ख्यामा निहत्था जनता एवम् मस्तबहादुर विष्टलगायतका साहित्यकार–कलाकार व्यक्तिहरूको हत्या गरिएको छ । सांस्कृतिक कार्यक्रम हेरिरहेको अवस्थामा र विवाहमा जन्ती गएको बेलामा पनि नागरिकहरूले ज्यान गुमाएका छन् । सांस्कृतिककर्मीहरूमाथि विगतमा पिस्करमा भएजस्तै घटना अहिले ढाकु, खारा, भावाङ्ग आदि लगायतका देशको विभिन्न ठाउँहरूमा घटेका छन् र सांस्कृतिककर्मीहरूमाथि वक्रदृष्टि राख्ने काम अझ बढेको छ । (उक्त, ६५÷६६) । यी परिघटनाहरू महान् जनयुद्धको अवधिमा भएका सहादत, दमन र यातनासित सम्बन्धित रहेका छन् । 
यसैगरी प्रलेसद्वारा – २०५९÷०१÷१७ मा काठमाडौँमा –“वर्तमान अवस्थामा अभिव्यक्ति स्वतन्त्रता र बुद्धिजीवीहरूको भूमिका” विषयक विचार गोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा – जीवेन्द्र देव गिरी, डा.मथुराप्रसाद श्रेष्ठ, मञ्जुश्री थापा, यादव खरेल, सिन्धुनाथ प्याकुरेल, श्याम श्रेष्ठ, निनु चापागाईं, केशव नेपाल, मल्ल के.सुन्दर, ईश्वर वल्लभ, नरहरि आचार्य, खगेन्द्र सङ्ग्रौला, मोदनाथ प्रश्रित (प्रलेस – पूर्णाङ्क–१३) लगायतका लेखक, कलाकार तथा बुद्धिजीवीहरूद्वारा आफ्ना अभिमतहरू राख्ने काम भएको थियो । सो विचार गोष्ठी माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध र राज्यद्वारा सञ्चालित भीषण राज्य आतङ्कको सङ्कटकालीन परिवेशमा आधारित रहेको छ ।
१३. विविध 
प्रगतिशील लेखक सङ्घले आफना सम्मलेनहरूमा विधान तथा प्रतिवेदन र समसामयिक प्रस्तावहरू पारित गर्दै आएको छ । यसले विभिन्न समयमा विभिन्न वक्तव्य, विज्ञप्तिमार्फत विभिन्न विषयहरूमा आफ्ना नीति तथा धारणा सार्वजनिक गर्दै आएको छ । यसले आफ्ना मुखपत्रका रूपमा प्रगति, प्रलेक र पछिल्लो कालखण्डमा प्रलेस प्रकाशित गरेको छ । 
प्रलेस विभिन्न लेखक तथा कलाकारहरूको अभिनन्दन तथा सम्मान गर्ने, विभिन्न वैचारिक, सांस्कृतिक तथा साहित्यिक विषयबारे गोष्ठी–अन्तक्र्रिया लगायतका कामलाई अगाडि बढाउने, सिर्जनात्मक कामलाई विकसित गर्ने, सङ्गठनलाई विस्तृत बनाउँदै लग्ने आदि काम गरेर आफ्नो क्रियाशीलता तथा पहिचानलाई स्थापित तुल्याउँदै आएको पाइन्छ ।
प्रलेस अनेकौँ सम्भावना र चुनौतीका बीचबाट गुज्रिंदै आएको छ । प्रलेसका चुनौती आर्थिक समस्यासित पनि सम्बन्धित रहेका छन् । प्रलेसका आठौँ तथा नवौँ राष्ट्रिय सम्मेलनका प्रतिवेदनहरूमा आफ्नो भवन नभएको र यसले गम्भीर आर्थिक समस्या पनि झेल्दै आउनुपरेको कुरा उल्लेख गरिएको पाइन्छ । आफूलाई वामपन्थीका रूपमा प्रस्तुत गर्दै आएका शक्तिहरू सरकारमा नगएको अवस्था त एउटा हो, परन्तु उनीहरू सरकारमा गएको बेलामा पनि यसबारे आवश्यक ध्यान नदिइनु निकै गम्भीर विडम्बनाको विषय हो । 
१४. उपसंहार
प्रलेसको छ दशकको इतिहास जटिल सङ्घर्षको इतिहास हो । यसले बाह्य र आन्तरिक दुवै क्षेत्रमा विभिन्न गलत चिन्तन र प्रवृत्तिका विरुद्ध सक्दो सङ्घर्ष चलाउँदै आउनु परेको छ । यो सङ्घर्ष विचार, सिर्जना, सङ्गठन र आन्दोलनमा आधारित रहेको छ । सुरुमा प्रलेस र यसको मुखपत्र आफ्नो उद्देश्यप्रति त्यति मूर्त भएको पाइन्न । तर पनि यो सामान्यतः जनसाहित्य, प्रगतिशील, प्रगतिवादी वा यथार्थवादी साहित्यप्रति प्रतिबद्ध रहिआएको देखिन्छ । यसको मूल उद्देश्य सामन्तवाद तथा साम्राज्यवादको विरोध र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक संस्कृतिको पक्षमा साहित्यकारहरूलाई सङ्गठित तुल्याउनु, प्रगतिशील साहित्यको सिर्जना गर्नु र सो उद्देश्य प्राप्तिका लागि सङ्घर्षरत रहनु रहिआएको पाइन्छ । यस सन्दर्भमा ध्यान दिनुपर्ने विषय यी हुन् ः 
पहिलो ः 
वैचारिक क्षेत्र । प्रगतिशील लेखक सङ्घमा सिर्जनात्मक सिद्धान्त र विधिका दृष्टिले स्वःस्फूर्त तथा पुँजीवादी यथार्थवाद, आलोचनात्मक वा समाजवादी यथार्थवादलाई अंगीकार गर्ने साहित्यकारहरू सम्मिलित रहेका छन् । त्यसैगरी यसमा पथपदर्शक सिद्धान्तका दृष्टिले माक्र्सवाद–लेनिनवाद वा माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारलाई पथप्रदर्शक सिद्धान्त मान्ने वा कुनैलाई पनि नमान्ने लेखकहरू पनि रहेका छन् । अनि प्रलेस राष्ट्रियता तथा जनतन्त्र, नयाँ जनवाद, बहुदलीय जनवाद, राष्ट्रिय प्रजातन्त्र वा समाजवादलाई स्वीकार्ने विभिन्न प्रकारका राजनीतिक दलसँग सम्बद्ध वा स्वतन्त्र लेखकहरू मिलेर बनेको छ । यसरी हेर्दा प्रलेसमा विचार र विश्वदृष्टिकोणको क्षेत्रमा विविधता रहेको छ ।
दोस्रो ः 
साङ्गठनिक क्षेत्र । प्रलेस प्रगतिशील लेखकहरूको एउटा साझा संस्था हो । त्यसैले यो साझा वैचारिक मान्यता र एकता–आलोचना–एकताको विधिअनुसार चल्दैआएको छ । प्रलेस विभिन्न विचार, चिन्तन, रुचि र शैलीको साझा संस्था हुनुको नाताले यो सारसङ्ग्रहवादीजस्तो पनि लाग्दछ । परन्तु, प्रगतिशील साहित्यकारहरूको साझा कार्यभारहरूको संवहन र साझा हकहितको रक्षा गर्नका लागि प्रलेसले सक्दो भूमिका खेल्दै आएको छ । 
तेस्रो ः 
सिर्जनाको क्षेत्र । प्रगतिशील÷प्रगतिवादी सिर्जनाको क्षेत्रमा विशाल सङ्ख्यामा साहित्यका विभिन्न विधा तथा साहित्यकारहरूको निर्माण र प्रतिध्रुवीय धाराको तुलनामा गुण तथा सङ्ख्या दुवै दृष्टिले उच्चता हासिल गर्ने अभियानमा प्रलेस समर्थ बन्दै आएको पाइन्छ । 
चौथो ः 
आन्दोलनको क्षेत्र । प्रलेसले प्रतिक्रियावादी राज्यसत्ताद्वारा जनसमुदाय तथा लेखक कलाकारहरूमाथि गरिने दमनको विरोध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सक्दो आवाज उठाउँदै आएको छ । यस सन्दर्भमा अनेकौँ गोष्ठी, विरोध प्रदर्शन र वक्तव्य दिने काम भएका छन् । यसरी प्रलेसले आन्दोलनको क्षेत्रमा पनि आफूलाई स्थापित तुल्याउँदै आएको छ ।
छ दशकको इतिहासमा प्रलेसका कैयौँ कमी तथा सीमा पनि रहन गएका छन् । प्रारम्भमा यो प्रगतिशीलता÷प्रगतिवाद, यथार्थवाद÷समाजवादी यथार्थवादबारे स्पष्ट देखिंदैन । साथै, यो कतिपय अवस्थामा प्रगतिशील र प्रतिध्रुवीय धाराबारे पनि केही भ्रमित रहेको पाइन्छ । दक्षिणपन्थी संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षको क्षेत्रमा प्रलेस कमजोर तथा शिथिल देखिने गरेको छ । प्रलेसमा क्रियाशीलताको कमी र सुस्तता पाइने गरेका छन् । परन्तु, साझा मोर्चाको हैसियत र सीमाबद्धताको कारण प्रलेसको बढी आलोचना गर्ने स्थिति पनि देखिँदैँन । समग्रमा यसले आफ्ना कामलाई आप्mनै गतिमा अगाडि बढाउँदै आएको छ । यसलाई सकारात्मक अर्थमा ग्रहण गर्नुपर्दछ । साझा मोर्चाको रूपमा प्रलेसलाई हामीले प्रभावकारी ढŒ्गले विकसित तुल्याउँदै अगाडि बढाउन आवश्यक छ । 
प्रलेस वास्तविक अर्थमा प्रगतिको संवाहक बन्नका लागि माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादको आलोकमा सबै प्रगतिशील साहित्यकारहरूलाई समेट्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद÷विस्तारवाद÷नवउपनिवेशवादका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्न आवश्यक छ । अन्त्यमा भन्नैपर्ने कुरा के छ भने आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन र साहित्यिक संशोधनवादका विरुद्धको सङ्घर्षबिना प्रगतिवादी साहित्य, कला र संस्कृतिको विकास सम्भव छैन । यसबारे हामी गम्भीर बन्न जरुरी छ ।

प्रमुख सन्दर्भ सामग्री
विष्णु प्रभात : प्रलेसको सङ्क्षिप्त इतिहास, विवेक सिर्जनशील प्रकाशन, अनामनगर, काठमाडौँ, २०६३ । 
प्रलेस नेपालको प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित कार्यपत्र – (२०४४) ।
प्रलेसका कतिपय अङ्कहरू ।
वैचारिक आलोकमा महाकवि देवकोटा : सम्पादक – देवी नेपाल, प्रगतिशील लेखक सङ्घ नेपाल, २०६७ । 

मिति : २०७१ साउन २४

==========================================

प्रगतिशील, प्रश्न र साहित्य

अभि सुवेदी

नेपालमा प्रगतिशील लेखक सङ्घका एक्सठ्ठी बर्ष पुगेछन् । बैसठ्ठी लाग्ने दिन मनाउन प्रलेसका अहिलेका अध्यक्ष साहित्यकार अमर गिरीले मलाई पनि फोनबाट निम्तो गरे । मलाई बोल्न आमन्त्रण गरेको केही नौलो लाग्यो। त्यसो त एउटा देब्रेढल्कुवा, कुनै दलस“ग तन्तु नगा“सेको प्राज्ञिक अराजक किसिमको मनुवालाई साहित्य विषयमा छलफल गर्न बोलाउनु साधारण कुरा हो । पहिलेका मेरा एकाध अनुभवको कारणले गर्दा मलाई जान मन लागेन तर यी बोलाउने मानिसको कारणले हुन्छ भने । प्रलेसका केही कार्यक्रममा पहिला पनि गएको थिए“ । अनुभवहरू छन् । त्यो एकेडेमीको हल, त्यही कोठो मेरो माक्र्सेली साहित्य डिस्कोर्सका अनुभवस“ग अनौठो किसिमले गा“सिएको छ । छयालीस सालको राजनैतिक परिवर्तनपछि एउटा साहित्यिक कार्यक्रम गरिएको थियो । त्यो प्रलेसले गरेको थियो कि थिएन, सम्झना छैन तर सबैजसो प्रलेसकै साहित्यकार थिए त्यहा“ । मलाई अमुक लेखकमाथि बोल्न लगाइएको थियो । मैले नारीहरूको पक्षमा बोलेँ । पुरुष दृष्टिबाट प्रभावित सौन्दर्यशास्त्रका वाम वा दक्षिणपन्थका विचारहरूका केही कुरा पुनरावृत्ति हुन्छन् । आन्टोनियो ग्राम्चीले भनेजस्तो हामी त्यसैलाई मानिबस्छौँ र प्रश्न गर्दैनौ । त्यसलाई उनले हेजिमोनी भने । सबैले प्रश्न नगरी कुनै कुरा मानिबस्यौँ भने त्यो कालान्तरमा नैतिकता वा इथिक्स हुन्छ । त्यसरी इथिक्स भइसकेको पुरुषप्रधान हेजिमोनीमा प्रश्न गरेँछु । म बोलेर यता हलमा आएपछि युवाहरूले घेरे । मैले भने एउटा साधारण समीक्षाको स्वतन्त्र चर्चा गर्न नमान्नेले के प्रगतिशील साहित्यकार भएर हिँड्नु । फेरि महिलाको विषयमा मैले भनेको कुरा सोच्ने विषय होइन?’ युवक सुन्न तयार भएनन् । म वाल्ल परेँ । त्यत्तिकैमा बीचमा एकेडेमीको त्यो हलमा राख्ने गरेको डल्लो कुसनमा बसेकी पारिजात ती युवकहरूमाथि गर्जिइन् । के के भनिन्, तर यसो भनेको मेरो मानसमा अहिलेसम्म पनि गुञ्जिइरहन्छ—‘अलिक ध्यान दिएर सुन । सिक्नु पनि पर्छ‘ । म निकै असमञ्जमा परेँ । ती युवक शान्त भएर भीडभित्र पसे अनि मानिसका टाउकाबीचका ससाना खाली आकासबाट मलाई युवा र केही छक्क परेका आ“खाहरूले हेरेर बसे ।
मलाई पारिजातले भनेको कुरा दायित्व हो कि कर्म हो बुभ्mन गाह्रो भयो । मैले यी युवकलाई कहा“ गएर माक्र्सेली साहित्य सिकाउनु, र यसरी सिकाउने मेरो के हैसियत? म पार्टीको नेता वा चिन्तक हु“ र । उनले नभनेको भए हुन्थ्यो जस्तो लाग्यो । तर शिक्षक मानिस, युवकहरूलाई केही कुरा भन्नु, तिनका कुरा सुन्नु मेरो कर्म हो जसले मलाई सधैँ आनन्द दिएको छ । फेरि अर्को पटक पनि अकोँ ठाउ“मा त्यस्तै अनुभव भयो । अनि लाग्यो सायद अब म यसरी बोल्ने ठाउ“मा जानु हुदैन । अनि प्रलेसका कार्यक्रमको कदाचित् निम्तो आयो भने म हातमा टोपी लिएर भाग्न थालेँ । समस्या मेरो थियो प्रलेसको होइन । तर माओबादी युवाहरू भने अनौठा मानिस निस्के । ती बोलाउ“छन् र अर्को कुरा सुन्छन् । किन बोलायौ भन्यो भने ती भन्छन्, ‘ल, विश्वविद्यालय अङ्ग्रेजी विभागमा हाम्रै विचार लिएर तपाईंस“ग थेसिस् लेख्नु हुने, माक्र्सबादी सौन्दर्यशास्त्रको अध्ययन गरेको पुगेन यो यो पढ भन्ने, माओको साहित्य र कला विषयको भाषण पढेर आओ भन्ने अनि यो कार्यक्रममा किन बोलायौ भनेर किन सोध्ने? यो प्रतिप्रश्नले म झस्किन्छु । अनि भन्छु, ‘त्यसो त माक्र्सबादको साहित्यमा धेरै व्याख्या गर्ने र तीखा समीक्षा लेख्ने लिओन् ट्राटस्की पनि हुन्, तिनलाई पढ पनि त भन्छु नि म, अनि तिमीहरूले लौ यी त संसोधनबादी माक्र्सवादी हुन् भनेका फ्रेडरिक जेमिसन्, फ्र्याङ्कफर्क स्कृ्लमा माक्र्सेलीहरू, जर्ज लुकाचका समीक्षा पनि त पढ भन्छु नि’ । अनि ती मलाई उत्तर दिंदैनन् । ‘होइन, आउनुपर्छ‘ मात्र भन्छन् । त्यही क्रममा त्यही हलमा २ बैशाख २०७०मा माओबादी समर्थक साहित्यकारहरूको निम्तोमा इच्छुकप्रतिष्ठानको छलफलमा गएको थिए“ । त्यो बहसमा उत्तरवर्ती चेतना वा पोस्टालिटीका चर्चा भए । भारतका मैनेजर पाण्डेले समकालीन सौँदर्यबोधीय संदर्भमा उत्तरआधुनिकतावाद र माक्र्सवाद विषयमा लेखे, “जो सच्चा वामपंथी हुन र उत्तर आधुनिकतावादको रहस्यमयताको असली रूपलाई जनताका सामु ल्याउ“छन् उनीहरूलाई रुढिवाद—माक्र्सवादी भनिन्छ । मलाई लाग्छ समाजमा बुनियादी परिववर्तनको निम्ति उत्तर आधुनिकतावादी—माक्र्सवादीभन्दा रुढिवादी—माक्र्सवादी अधिक उपयोगी हुन्छ” । मलाई लाग्छ भारत र नेपालमा सङ्घमा आवध्द वा बाहिरै बसेका प्रगतिशील लेखकहरूको बीचमा चलेको बहसमा यही व्दैतता छ । बहुलवादी होइन एकलवादी हुनुपर्छ प्रलेसमा भन्ने जोड भेटियो । त्यो पनि पाण्डेकै विचारले उठाएको प्रश्नस“ग जोडिएको छ ।
दर्शनमा दुईवटा कुरा हुन्छन् । एउटाले भन्छ विचार र कर्मको निदानवादी सिध्दान्त वा ‘टेलियोलोजी’ हुन्छ । अर्कोथरिको विचारले भन्छ, होइन निश्चित अन्त्य कुनै पनि विचारको हुदैन । उनीहरू आफना विचारमा ठीक छन् र दृढ छन्, मैले बुभेmँ । आफनै समयतिर फर्किन्छु । मेरो साहित्यिक यात्रामा देव्रे ढल्कुवाहरूकै प्रभाव रहेछ । सानो एघार बर्षको हु“दा मलाई पहिलो देव्रे प्रभाव परेर लेखेको कविता बल्लभमणि दाइले वाराणसीमा लगेर ‘नौलो पाइलो’ पत्रिकामा छपाइदिएछन् । तारानाथ दाइ त्यसका सम्पादक रहेछन् । मेरो जीवनको पहिलो सिर्जनाको मुद्रण पनि का“शीबाटै भएछ । पछि मैले काठमाडौमा आइ.ए.को अध्ययनको सिलसिलामा आउ“दा श्यामप्रसाद दाइ र शशिकला दिदीलाई कमलपोखरीमा गएर भेट्न थालेँ । श्यामप्रसाद शर्माको व्यक्तित्व र सरल मानवतावादी विचारले अहिले पनि मलाई छुन्छ । अनि गोविन्द प्रसाद लोहनीका गंभीर माक्र्सवादी साहित्य र दर्शनका लेखनले अत्यन्त प्रभावित भए“ । कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, बल्लभमणि दाहाल, आनन्ददेव भट्ट र गोविन्द भट्टको प्रभावमेरो साहित्य अनुशीलनमा निकै प¥यो। तर मलाई लेख्ता जसरी मनले भन्छ त्यसरी लेख्नुपर्छ भन्ने कुराले कहिल्यै छोडेन ।साहित्यकार निरपेक्ष हुन्छ, अनि त्यो स्वतन्त्र हुन्छ भन्ने मैले उमेरले जेष्ठ भतिज साहित्यकार पुण्य सुवेदीस“ग सिकेँ । उनले मलाईसाहित्य अध्ययनको कुनै सीमा कस्नु हुदैन भन्ने सिकाए । सायद म उनकै विचार लिएर बढेँ ।
मलाई सबै साहित्यिक विचारहरूले समात्छन् तर थोरैले जित्छन् । तर जीवन सजिलो भयो । म साहित्यको शिक्षक भए“ । उच्च अध्ययन गर्ने थलोको शिक्षक भएपछि व्यापक पढेँ । क्रम जारी छ । जे पनि पढ्नुपर्छ । मलाई माक्र्सेली विचार जति दर्शन र चिन्तनमा प्रभाव पार्ने अर्को दर्शन केही छ जस्तो लाग्दैन । त्यसले सबैथरिका दर्शन र चिन्तनलाई प्रभाव पारेको छ । नेपाल एउटा मध्ययुगिन र सामन्ती समाज हो । यस समाजका चरित्रको आलोचना गर्ने, वर्ग विभेदमाथि कलम चलाएर लेख्ने वामपन्थी लेखक नै हुन् । अर्को अर्थमा नेपालमा समयलाई अगाडि लानुपर्छ भनेर वोल्ने र लेख्ने लेखकहरू प्रगतिशील हुन् । तर उनीहरूका विचारहरू दलहरूस“ग जोडिएका हुनाले तिनका समस्या पनि दलहरूस“ग जोडिएकि त । कोही पनि कम्युनिस्ट हुन वामपन्थी लेखक हुनुपर्दैन, रेमन्ड विलियम्स भन्छन् । यी दुई कुरालाई सृ्त्र बनाएपछि समस्या जन्मिन्छन् । प्रगतिशील लेखक सङ्घका समस्या विषयमा भएका बहस र यस संस्थामा नेतृत्व गरेका लेखकका विचार हेर्दा प्रलेसको समस्या भनेको आफनो एउटा परिवेशबाट बाहिर जान नचाहनु हो । ‘के गर्दैछन् वाम लेखक’ (नागरिक १४ पुस २०६९) भन्ने खगेन्द्र सङ्ग्रौलाको लेखमा यो विषय प्रष्टस“ग उठाएको पढेँ । त्यसैगरी युवा वामपन्थी कवि र सङ्गीतकार सङ्गीतश्रोताले ‘छ दशकको प्रगतिशील यात्रा’ भनेर कोसेली (५ असोज २०७०)मा लेखेको पढेपछि अरू कुरा खुले । देशभरिका ४० भन्दा बढी जिल्लामा शाखा भएको र झन्डै पा“च हजारभन्दा बढी सदस्य सङ्ख्या भएको प्रलेसलाई एक महŒवपृ्र्ण संरचना मान्नुपर्छ । तर यस सङ्ख्यामा कति दलिय लेखकहरूको संलग्नता छ भन्ने कुरा प्रलेसले नै जान्ने कुरा हो । मेरो विचारमा प्रलेसले धन्द्याउने कुरा तलका प्रश्नहरूले उजागर गर्छन्—कस्ता साहित्यकारमात्र पढ्ने भन्ने विषयमा स्थिर आधार बनाउ“नुपर्छ कि पर्दैन? साहित्यमा अनेकौँ विचार, जाति, लिङ्ग जसमा समलिङ्गी अध्ययन पनि छन्, तिनको साहित्यमा ठाउ“ हुने हुनाले तिनलाई ध्यानदिने बहुलवादी प्रलेसमा आउनुहुन्छ कि हुदैन?विद्याथीं संगठनहरू ठ्याक्कै दलहरूका भएर बा“डिएजस्तै प्रलेस कुनै पार्टी वा पार्टीहरूको ठ्याक्कै स“घ हुने कि नहुने?हिजोआज व्यापक रूपमा हुने साहित्यिक जात्रा र उत्सबहरूमा प्रलेसको सहज सहभागिता हुने कि नहुने? आपृ्mलाई हुनेहुने विचार मात्र सुन्नेकि अरू विचार पनि सुनेर छलफल गर्ने अनि ती सबैको प्रकाशन गर्ने? यी प्रश्नहरूलाई प्रलेसजस्तो प्रतिष्ठित लेखकको संस्थाले धन्द्याउनु पर्छ । हिजोको शैलीले आज काम दिँदैन कि त । पुरानो संस्था प्रलेसचाहिँ खुला नहुने अनि पछि आएका माओबादी युवा र लेखकका संस्थाहरू खुला हुँदै जाने कुरा यथार्थ भयो भने त्यसबाट केही सिक्नैपर्छ भन्ने मेरो विचार छ । त्यस दिन बोलेका विचारको नै प्रस्तुति हो यो । मेरा विचार पनि सुन्नु आवश्यक छ र? भन्ने अन्तिम प्रश्न हो ।
साभारः कान्तिपुर (१४ असोज २०७०)

प्रलेस पूर्णाङ्क - २१ बाट साभार 

Sunday, November 6, 2016

समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था - महेश चौधरी

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, भोजपरी भाषा हो र अवधि भाषा हो। कसैकसैले यसलाई भाािषकाको कोटीमा राख्ने पनि गर्दछन्, यसको अस्तित्वलाई स्वीकार गर्ने पक्षमा देखिंदैनन्। तर थारू भाषा एउटा छुट्टै भाषा हो भन्ने प्रमाण निम्न छ।
(१) एक जना भाषाशास्त्रीबाट नेपालका प्रमुख १३ राष्ट्रिय भाषाहरूमध्ये थारू भाषालाई राष्ट्रिय भाषाका रूपमा संविधानमा उचित स्थान दिन सिफारिस गरिएको छ। (बालकृष्ण पोखरेल “राष्ट्रिय भाषाहरू”)
(२) नेपाल अधिराज्यको संविधान २०४७ मा नेपालका विभिन्न भाषामा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरूलाई राष्ट्रिय भाषा मानिएको थियो।
(३) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपालको पर्यायवाची शब्दकोशमा प्रमुख १४ भाषा अन्तर्गत थारू भाषलाई पनि स्थान दिइएको छ।
(४) चुडामणि उपाध्याय रेग्मीको “नेपाली भाषाको उत्पत्ति” मा “नेपालका विभिन्न भाषाका अध्येताहरूले नेपालका भाषाहरूको परिचय र विवरणमा थारू भाषालाई समाविष्ट गरेका छन्।”
(५) डारोथी लील “ब् ख्यअबदगबिचथ या तजभ तजबचगक बिलनगबनभ पष्चतष्उगच कग्क्कभच 73लकतष्तगतभ या ष्लिनगष्कतष्अक या ल्भउब िकतगमष्भक अभलतभच, त्।ग्। ज्ञढठद्द” मा थारूलाई भाषाको रूपमा लिइएको छ।
(६) कविवर श्री युद्धप्रसाद मिश्रज्यूको पु48य स्मृतिमा प्रत्येक वर्ष राष्ट्रिय स्तरबाट प्रदान गरिने “मिश्र पुरस्कार” प्रगतिशील लेखक संघको छनोटमा दोस्रो सालको पुरस्कार “थारू भाषा तथा साहित्य सुधार समिति, पश्चिमाञ्चल
(पश्चिमाञ्चल 177 मध्य पश्चिमाञ्चल र सुदर पश्चिमाञ्चल) नेपाल, गोचाली परिवारले प्राप्त गरेको छ।
थारू भाषामा प्रगतिशील साहित्यको अवस्था
थारू भाषामा प्रगतिशील लोक साहित्य पनि पाउन सकिन्छ। लोक साहित्य प्रकाशन र संकलन गर्ने सन्दर्भमा म स्वयंबाट “मागर”, “बडकमीर” “भुमरा” र “गुरूबाबक जलमौर्ता” पुस्तकहरू प्रकाशन गरिएको छ। कैलाली र बर्दियामा कवि बढवाद्वारा रचित “बठवक जोनी” लाई यहाँ उद्धृत गर्न सकिन्छ।
“हरवा मै सौपु धरतिया रे
धरती फल पैबु।
विअवा मै सौपु रे धरतीया
धरती फूल पैबु।
जानी बुझी जोत्यौ भुइया रे
राज गोरखाली
चाँदी लदल भुइयाबाट
पोतवा बहुद परी
एकसै अरती पोत दिहनु रे
जहान लैक भगनु।
रजवक पुता रे उजिर सिंह,
पटोरी लेके गाज
२००७ सालको क्रान्तिपछि कवि जीवराज आचार्यले “हम्र वा हमारा बत्वा” पुस्तिका प्रकाशन गर्नु भएको छ। त्यसमा उद्धृत छः
“इहर वहर छौना नुुकाइल,
बोप्री विलर्‍या।
कबकब आक छौना चवाइल,
अका विलरा
आपन छौना अप्न चबाइल
कसिन बिलरा बा
औन्धर द्यारखल काट खाइल,
अस्त दुनियाँबाट
गोचालीः थारू भाषिक आन्दोलनको सशक्त आवाज हो र यो प्रगतिशील साहित्यको आधार पनि हो।
२०२७–२८ सम्म थारू भाषाको अस्तित्वलाई स्वीकार गर्ने मानिसहरूको अभाव थियो। त्यतिबेलाको कुरा संझदा हामीलाई हिजो जस्तो लाग्छ। दाङमा बर्बर सामन्ती थिचोमिचोले गर्दा अनादिकालदेखि त्यहाँ बसोबास गरेका थारूहरू गाउँका गाउँ उठेर सलह झै बुढान (बाँके, बर्दिया, कैलाली, कन्चनपुर) बसाई सर्नेको ताँती लाग्यो। २०२१/२२ सालपछि भूमिसुधारले किसानहरूलाई शर्त परिवर्तन र जमीनबाट बेदखली मात्र गरायो। दिनदिनै बसाई सर्नेको ताँती लम्बिंदै गयो। यी घटनाबाट निराश भएका महेन्द्र क्याम्पस दाङमा अध्ययनरत हामी प्रगतिशील छात्रहरू आफ्नो समाजको दारूण अवस्था र त्यसबाट मुक्ति दिलाउने उपायबारे छलफलमा जुट्यौं। यस्ता छलफलबाट आशाका किरणहरू देखिन थाले। कसैले थारूहरूको जातीय संगठन “थारू कल्याणकारी समितिको कार्यक्रम” सामाजिक कुरीति हटाउने कुरामा जोड दिए भने कसैले थारू भाषा साहित्य प्रकाशन गर्ने र त्यसमार्फत समाजमा जनचेतना अभिबृद्धि गरेर मुक्ति दिलाउने कुरामा जोड दियौं। पछि आम सहमतिमा सम्पूर्ण साथीहरूले थारू भाषा तथा साहित्यको सेवा गर्ने अठोट गर्‍यौं। २०२७ सालमा अध्ययनको लागि म बनारस गएको थिएँ। बनारसमा अध्ययन गर्ने दंगाली विद्यार्थीहरूको मुखपत्र “सन्देश” मा मेरो “हमारा साहित्य, थारू साहित्य” शीर्षकमा लेख प्रकाशित भयो। यस लेखले थारू युवाहरूमा उत्साहको लहर झन् थप्यो। थारू भाषाप्रेमी क. नेत्रलाल “अभागी” को प्रेरणा, सहयोग र सुझावले दशैंको अवसरमा दाङ–बैबाङमा बाँके बर्दिया कैलाली, कन्चनपुर, दाङका साहित्यानुरागी युवाहरूको मधुर मिलनले सर्वप्रथम “थारू भाषा तथा साहित्य सुधार समिति गोचाली परिवार” गठन गर्‍यौं। यस समितिका मुख्य हस्तीहरू सगुनलाल चौधरी, महेश चौधरी, भगवती चौधरी थिए। अन्य हस्तीहरूमा टेकबहादुर चौधरी, लालबहादुर चौधरी, अशोक चौधरी, रूपमान, चन्द्रलाल, अरबिन्द, श्यामेश, कालिदास, तुल्सी र गजाधर चौधरी थिए। समितिले आफ्नो पहिलो काम थारू भाषामा “गोचाली” पत्रिका प्रकाशन गर्ने निधो गर्‍यो र प्रधान सम्पादक यो कार्यपत्र प्रस्तोतालाई मनोनयन गर्‍यो।
२०२८ सालदेखि थारू भाषामा प्रकाशित हुँदै आएको “गोचाली” विशुद्ध प्रगतिशील साहित्यिक पत्रिका हो। यसको प्रकाशक “थारू भाषा साहित्य सुधार समिति” हो। यसको प्रकाशन गर्नाका कारणबारे यसको प्रथम अंकको सम्पादकीयले लेख्दछ “प्रस्तुत पत्रिका हाम्रो पहिलो प्रयास हो। बाल्यावस्थाभित्र रहेका चञ्चल स्वभावले यसभित्र हुनुपर्ने स्वाभाविक त्रुटिहरू अवश्य होलान्। अविकसित भाषा र साहित्यसको विकास नै यस प्रकाशनको प्रमुख उद्देश्य हो। यही भावनाबाट प्रभावित भएर हामीले पनि थारू भाषामा साहित्यिक पत्रिकाको रूपमा “गोचाली” को प्रकाशन गरेका हौं। यसको अर्थ यो होइन कि हामी जातिवाद र सम्प्रदायवादबाट ग्रसित छौं। हामी गरिब र धनीको बीचको फरकले गरिब बनेर थिचिएका छौं। हाम्रो नजिकको सम्बन्ध ती गरिब परिवारसँग हुनेछ जो आर्थिक दुरावस्थाले छिन्नभिन्न भएका छन्। नेपालका ज्यामी–किसानहरू नकि थारू जातिको नाममा सम्पन्न परिवारसँग हामी जातिवादको नाममा जाति सम्पन्न बनाउने मात्र चाहना राख्दैनौं बरू जातिवादको नाममा हुने शोषणको समाप्ति चाहन्छौं, भलै त्यो थारू जातिकै किन नहोस्। त्यसैले यस पत्रिकाभित्र किसान समस्या, उनीहरूको सामान्य अभिव्यक्तिहरू जुन दबिएको छ, पिस्सिएको छ मात्र पाउनु हुनेछ। थाहा भएकै कुरा हो थारू भनेपछि बहुसंख्यक कृषकहरू हुन्। शताब्दियौंदेखि रहँदै आएको हाम्रो सभ्यता, संस्कृति र परम्परा आफूमा मात्र सीमित रहेको पाइन्छ। यसैले भाग्यवादी र अध्यात्मवादी मनोवृत्ति समाजमा मौलाएको छ। हामी आफूमा बढ्दै गएको शोषण प्रवृत्तिलाई पुनर्जन्मको फल भनेर सन्तोष गर्न चाहन्छौं र अन्ततोगत्वा बढ्दै गएको शोषणको मारबाट बच्नका लागि आफू जन्मे हुर्केको ठाउँ छोडेर आफ्ना अन्य सामाजिक मान्यताबाट टाढा बसाई सर्छौं। हामीलाई थाह छ कि यो प्रक्रिया त खाली जमिन्दार परिवर्तन गर्नु सिवाय अरू केही पनि होइन। संघर्षबिना शोषण समाप्त हुँदैन भन्ने कुरा त्यो मान्यतथा हो जसको कारण किसानको मेहनतको एक एक थोपा पसिना संकलन गरेर हामीले यो प्रकाशनलाई उठाएका छौं जसको ल73य आजको भौतिक परिस्थितिभित्र रहेका हाम्रा किसान दाजुभाईहरूमा चेतना अभिबृद्धि गर्ने र आफ्नो अधिकार प्राप्तिको लागि उनीहरूलाई संघर्ष गर्न सक्षम बनाउनु हो।”
गोचालीको भविष्यलाई दृष्टिपात गर्दै सम्पादकीय अगाडि लेख्छ–“यद्यपि यसको भविष्यप्रति हामी निश्चित छौं तापनि साहित्यको अभाव र आर्थिक दुरावस्थाले यसलाई कति टाढासम्म डोर्‍याउने हो हामी भन्न सक्दैनौं। जस्तो कतिपय प्रगतिशील पत्रिकाको आदि र अन्त्य सँगसँगै भएका छन्, सम्भव छ त्यही रो गले यसलाई पनि ग्रस्त पारोस् तापनि हामीहरू हौसलाबद्ध छौं कि हाम्रो प्रकाशनभित्र स्थायित्व हुनैपर्छ।”
गोचालीको पहिलो अंक प्रकाशन भएदेखि नै यसले व्यापकता लिएको देखेर तत्कालीन निरंकुश शासकहरू, सामन्ती शोषकहरू, जाली फटाहाहरू र तमाम खाले दुश्मनहरू यसलाई आँखाको कसिंगर मान्न थाले। गोचालीको दोस्रो अंक पूर्णरूपले जफ्त गरियो। हाम्रा विभिन्न साथीहरूको नाममा वारेन्ट जारी गरियो र हाम्रा अग्रपंत्तिभित्रका क. सगुनलाल चौधरीलाई कैलाली जेलमा एक वर्ष बन्दी बनाइयो भने तुलसीराम चौधरी, गोवर्धनदास चौधरी तथा टीकाराम चौधरी, लाई पनि थुनामा राखियो। दोस्रो अंकपछि गोचालीको प्रकाशनमाथि पूर्णरूपमा प्रतिबन्ध लाग्यो। हामीलाई स्थानीय सरकारी नजरभित्र राखियो। यस्तो दमनलाई चुपचाप सहेर बस्ने कुरा भएन, फलस्वरूप कठीन परिस्थितिसँग जुझ्दै गोचालीको तेस्रो अंक “शहीद गुम्रा थारू” विशेषांकको रूपमा २०३१ सालमा प्रकाशन गरी भूमिगत वितरण प्रणाली विकसित गर्‍यौं। गुम्रा थारू २०१७ साल श्रावण ६ गते दाङको बेलवाबन्जारी गाउँमा भएको किसान आन्दोलनमा किसानहरू र प्रहरी बीचको भीडन्त हुँदा तत्कालीन एस.पी.को पिस्तोलबाट गोलीको शिकार भई मारिनु भएको एकजना अमर शहीदको नाम हो। यस किसान विद्रोहमा कालु थारू र रत्नु थारू गोलीद्वारा र मुख्यलाल थारू र बझौना थारू संगीन रोपिएर गम्भीर घाइते हुनुभएको थियो।
गोचाली पाँचौं अंकपछि पुनः खुला रूपमा आयो। आजसम्म यसको प्रकाशन जम्मा १२ अंकसम्म प्रकाशन भैसकेको छ। एउटा कुरा के ठोकुवा साथ भन्न सकिन्छ भने यस पत्रिकाले थारू भाषा र साहित्यको महत्वलाई थारू समाजमा अभिबृद्धि गरेको छ। वर्गीय चेतनाको स्तरलाई माथि उठाउने काम गरेको छ।
नेपाल अधिराज्यमा सबभन्दा बढी थारू बाहुल्यता भएको जिल्ला कैलाली हो जहाँ थारू भाषीहरूको संख्या १ लाखभन्दा बढी छ। त्यहाँका साथाीहरूको विशेष अनुरोधमा प्रकाशक गोचाली परिवार, कैलालीको तर्फबाट २०५० सालदेखि “मुक्तिक डगर” प्रगतिशील पत्रिका प्रकाशन हुँदै आएको छ। यो पत्रिकाले आफ्नो ६ अंकसम्म पार गरिसकेको छ। यो कुरा भन्न कदापि पनि हिचकिचाउनु पर्दैन कि गोचाली पहिलो अंकदेखि जनवादी क्रान्तिको धारलाई समात्यो त्यही धारमा गोचालीको सम्पूर्ण अंक र मुक्तिको डगरले पनि समात्दै आएको छ। हाल गोचाली परिवारका केही संस्थापक र समर्थकहरूलाई छाडेर अधिकांश रूपमा यसका सदस्यहरू माओवादी समर्थनमा गैसकेका छन्। अधिकांश युवाहरू भूमिगत अवस्थामा छन्। २०५७ साल १/१३ मा सरकारले गोचालीको परिवारको केन्द्रीय सदस्य शहीद चित्रबहादुर चौधरी र ०५६/९/३० मा गोचाली कैलाली जिल्ला सदस्य मंगलप्रसाद चौधरीको बिभत्स हत्या गरेको थियो। २०५५ साल यता जम्मा १९ जना थारू क्रान्तिकारीहरूको हत्या भैसकेको छ।
यस बाहेक अन्य प्रगतिशील प्रकाशनमा कैलालीको “जोगनी” र “त्रासन” हो। कन्चनपुरबाट “बर्छी”, बर्दियाबाट “नेउता”, “टेल्वा”, र “कविला” हो। चितवनबाट “फुन्गी” र “हमार मैगर सन्देश” हो। फुन्गीमा होरिक गीत र मार्क्सवादी साहित्य, प्रगतिशील साहित्य प्रकाशन थारू जनकला मञ्च दाङ–देउखुरीले थारू भाषामा तथा प्रगतिशील थारू साहित्यको उत्थानको फाँटमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस मञ्चले १४ वटा गीतहरू संग्रह गरेर एउटा पुस्तकको रूपमा प्रकाशन गरेको छ। रचयिताहरूको नामलाई यस पुस्तकमा उद्धृत नगरेतापनि क. नारायण योगीको विशेष योगदान रहेको देखिन्छ। “यह दुनु हाँथ होवई”, हमार हो ई लाल झ48डा सरसनीय हो, सुनो दादु सानो भौजी गरिबन्के” जिन्दगी, उठो जागो–जागो, यी देश हो किसान बनके, लाल झ48डा फहराई, हमारसँग चलो रे, उठो संघरिया, मई दिन, चलिरे चलो, कौन हो यी नारीन्ह हेल्हा कोइया” आदि। यी सबै गीतहरू जनवादी गीतभित्र पर्दछन्।
सप्तरी र सिराहा जिल्लातिर पनि थारू प्रगतिशील युवाहरूले आ–आफ्ना स्थानबाट थारू प्रगतिशील पत्रिका चिरखा र आँइख प्रकाशन गर्दै आउनुभएको छ। समयाभावले गर्दा ती पत्रिकाहरूमा प्रकाशित प्रगतिशील लेखकहरूलाई यसमा समावेश गर्न असमर्थ भएकोमा क्षमा चाहन्छु। थारू नवोदित कवि सियाराम चौधरीको “हमर गाम हमर बस्ती” एउटा प्रकाशित कविता यस्ते उपन्यासकार कृष्णराज “सर्वहारी” को पहिलो “थारू उपन्यास” मा कति प्रगतिशीलता छ त्यो हेर्न बाँकी नै छ। यस्तै प्रकाशित विहान, थारू संस्कृति, हमार पहुरा, टेस, हौली जस्ता पत्रिकाभित्र रहेका प्रगतिशील रचनाहरूलाई हेर्न बाँकी नै छ। “गोचाली” को अंक २ र ४, “मुक्तिक डगर” को अंक १ र ३ उपलब्ध हुन सकेन।
कविता विधा
१) सामाजिक शोषण र सामाजिक विकृति बारे मंगल थारू, हरिप्रसाद चौधरी, कविराम थारू, विनोद चौधरी, मानबहादुर चौधरी, मानु चौधरी, जीतमान चौधरी, जहरलाल थारू, सीयाराम चौधरी, एकराज चौधरी, ल73मण गोचाली, विश्वराज गोचाली र दसीराम सतौया।
२) महिला मुक्ति–श्रीमती राजेश्वरी चौधरी, महेश चौधरी, सुश्री इन्दु गोचाली, सुनिता, मानबहादुर थारू, कमल कुमारी, बी.पी. गोचाली।
३) कमैयाबारे– महेश चौधरी, धनीराम चौधरी, कौनो गोचाली, रामकुमार थारू, दिनमान थारू।
४) बर्दियाको सुकुम्बासी–विजय चौधरी, तन्नु चौधरी
५) किसान जागृति– महेश चौधरी, मंगल चौधरी, के.पी.गोचाली, शर्यल गोचाली, पीडित वर्ग दाङ।
६) संगठन– बैनु मैया, आइटु, शेखर चौधरी
७) अधिकार– सिख48डी, सी.पी. गोचाली, सञ्जु मैया
८) युवा जागृति – कुमार चौधरी, रमण चौधरी
९) सशस्त्र संघर्ष बाहेक विकल्प छैन– केशव चौधरी, टे.वी गोचाली, फूलचरण चौधरी, आर.के.सी. विप्लव, अनिलकुमार, जिना कुमार थारू, शरद चौधरी, भगोरिया थारू, जीतबहादुर चौधरी, चुङ चे लाङ। नारायण चौधरी, लाजुराम चौधरी, आस्था, उर्भिला चौधरी।
निबन्ध विधा
१) सामाजिक चित्रण–महेश चौधरी, भगवती चौधरी, जग्गु चौधरी, सरेश चौधरी, सगुनलाल चौधरी, मंगल थारू, नरेश गोचाली, गरिब चौधरी, रमण चौधरी, एस.आर.सी. विजय गोचाली, ल73मण चौधरी, बी.एच.चौधरी, रम्भु नेपाल।
२) कमैयाबारे – क्षेत्रराम चौधरी, मंगल थारू, जगत चौधरी, एकराज थारू, तेजनारायण पंजीयार।
३) दर्शनबारे– निमप्रसाद चौधरी, रूपा चुकाई, शत्रुधन गोचाली, गम्भीर चिन्तन।
४) संगठनबारे–मानबहादुर चौधरी –मंगलु।
५) अधिकार बारे– खुशीराम, ल73मण गोचाली
६) क्रान्तिबारे– राजेन्द्रकुमार चौधरी, सुशील चौधरी, सुनिता सापकोटा, अख48डराज शर्मा, एस.पी. थारू, केदारनाथ चौधरी,
७) जीवनीबारे –भुके, विके गोची, जे.पी. चौधरी
८) साहित्यबारे – महेश चौधरी, सगुनलाल चौधरी, आर.पि. पलपरिया,
९) महिला मुक्ति –रूपा
१०) जीवनीबारे – विमला चौधरी
नाट्य विधा
महेश चौधरी र उहाँका सहयोगीहरूद्वारा लिखित गीति नाट्य “छारा” बसाईसराई
१) सामाजिक चित्रणबारे–गणेश चौधरी– एकांकी नाटक–मंगल थारू,
२) क्रान्ति आवश्यक छ–मंगल थारू एकांकीबाट
३) महिला मुक्ति–दुर्गा चौधरी
४) कमैया मुक्ति–बिहानी चौधरी
कथा विधा 
१) सामाजिक चित्रण –टेकबहादुर चौधरी, पल्टुराम, जोखन चौधरी, महेश चौधरी, जे.पी. गोचाली, सगुनलाल चौधरी, रामबहादुर
२) संघर्ष र मुक्ति–विशाल, चेतन खनाल, फिरू चौधरी।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ९ – २०६६ पौष २२ गते बुधबार)

Thursday, November 3, 2016

प्रलेसको संक्षिप्त इतिहास - विष्णु प्रभात






































































































































































==================================

प्रलेसको संक्षिप्त इतिहास - विष्णु प्रभात
( यो पुस्तक यहाँ PDF File मा उपलब्ध छ )